
|
|
मधेस केन्द्रित दलका नेताहरुका भारतमुखी मनस्थितिका कारण राष्ट्रियता कमजोर भएको निष्कर्षसहित मधेसी युवाहरुले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनीहरुले सोमबार राजधानीको बानेश्वरस्थित एक पार्टी प्यालेसमा औपचारिक कार्यक्रमबीच ‘मधेसी जनता पार्टी, नेपाल नामक दल घोषणा गर्न लागेका हुन् । उक्त पार्टीको नेतृत्व महेश कलवारले गर्नेछन् ।
कलवार शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका पूर्वउपत्यका इन्चार्ज हुन् । अधिकार प्राप्तिको आन्दोलनसँगै मधेसी जनतालाई बलियो राष्ट्रियता चाहिएकाले पार्टी घोषणा गर्न लागिएको कलवारले बताए । कलवारले विभिन्न मधेसवादी दलका युवा नेता मिलेर पार्टी गठन गर्न लागिएको जानकारी दिए । ‘नेपालको आन्तरिक समस्या समाधानका लागि भारत गुहार्ने मधेस केन्द्रित दलका नेताको चरित्र मधेसमा उदांगो भएको छ’, कलवारले काठमाण्डु टुडेसँग भने, ‘केही दल र तिनका नेताका व्यवहार र अभिव्यक्तिले राष्ट्रवादी मधेसी जनतामाथि समेत प्रश्न उठ्ने वातावरण बन्नु दुर्भाग्यपूर्ण कुरा हो ।’
मधेस आन्दोलानका नाममा ५० जना युवाको ज्यान गएपछि मधेसवादी दलका नेता भारत पुगेर सत्ताका लागि रोइकराई गर्नुले राष्ट्रवादी मधेसी जनताको शिर निहुरिएको आरोप उनको छ । ‘मधेस आन्दोलन निर्णायक चरणमा पुग्नै लागेका बेला मधेसी मोर्चाका नेताले सत्ताका लागि दिल्लीमा रुवाबासी गर्नु र नाटकीय ढंगबाट आन्दोलन शिथिल हुनु संयोग मात्रै हुन सक्दैन’, कलवारले काठमाण्डु टुडेसँग भने, ‘राष्ट्रियताभित्रको पहिचान, सम्मान र स्वाभिमानका लागि हाम्रो लडाईं हो ।’ कलवारले मधेसवादी दल भारतको इशारामा नेपाललाई हिन्दू राष्ट्र बनाउने राप्रपा नेपालको एजेण्डामा गएको आरोप लगाए । संविधान संशोधनमार्फत नेपाललाई हिन्दू राष्ट्रमा फर्काउने खेल भइरहेको र त्यसका लागि भारतले मधेसी मोर्चालाई तयार पारिसकेको दाबी उनको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

