
|
|
मंसिर– नेपाली कांग्रेस सहमतिका लागि बोलाइएका पछिल्ला बैठकहरुमा अनुपस्थित हुने गरेको छ । आज मात्रै सभामुख ओनसरी घर्तीले बोलाएको बैठकमा सहभागी नभएको कांग्रेस राष्ट्रपति विद्या भण्डारीले बोलाएको प्रमुख दलहरुको बैठकमा पनि गएन् ।
राष्ट्रपति भण्डारीले कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरुलाई साँझ ६ बजे शीतल निवास बोलाएकी थिइन् ।
तर, कांग्रेसका नेताहरु अनुपस्थित भए । सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई बोलाइएको थियो । तीन नेता अवस्थ भएको भन्दै शीतल निवास गएनन् ।
सत्तारुढ र मधेसी मोर्चाका नेताहरु उपस्थित बैठकमा राष्ट्रपति प्राधिकरण विधेयक र मधेस आन्दोलनबारे चासो व्यक्त गरेकी थिइन् ।
यसरी कांग्रेस नेताहरु साँच्चिकै बिरामी परेका हुन् वा सहमति गर्ने जाँगर नचलेको हो कुरा बुझ्न कठिन भइरहेको छ । यसअघि कोइराला मात्रै बिरामी भएको भन्ने खबर सार्वजनिक भएपनि आजको बैठकमा भने सबै बिरामी भएको खबर आयो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

