Home » » पहिला प्रचण्डजी, बाबुरामजी भनेर कतिजना ज्यान फालेर लागे, अब लाग्दैनन् - राजेश हमाल

पहिला प्रचण्डजी, बाबुरामजी भनेर कतिजना ज्यान फालेर लागे, अब लाग्दैनन् - राजेश हमाल

अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकनको प्रजातन्त्रबारे भनाई विश्वप्रसिद्ध छ । उनले भनेका थिए– ‘प्रजातन्त्र भनेको ‘अफ द पिपल, बाई द पिपल र फर द पिपल (जनताको, जनताद्वारा र जनताका लागि) हुने शासन हो ।’

सोमबार नेपाली फिल्मका महानायक राजेश हमालले लिंकनको यो भनाईको नयाँ ढंगले व्याख्या गरिदिए । राजधानीमा अयोजित कार्यक्रममा हमालले नेपालको परिप्रेक्ष्यमा लिंकनको परिभाषालाई फरक ढंगले हेर्नुपर्ने भन्दै भने– ‘हाम्रोमा डेमोक्रेसी इज द गर्भमेन्ट अफ द पिपुल (जनताबाट टाढा), बाई द पिपुल (जनता किनेर) र फार द पिपुल (जनताबाट टाढा) हो ।’
‘पोजेटिभ लिडरसिप’ बारे रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा उनले सही नेताले सही मान्छेलाई सही ढंगबाट संयोजन गर्नसक्नु पर्ने बताए । ‘तर, हाम्रोमा यस्तो भइरहेको देखिदैन,’ उनले भने । ‘म नेपाली हाम्रो नेपाल’ले संयोजन गरेको कार्यक्रममा उनले भने, ‘संविधान जारी हुनुअघि र पछि मुलुकमा उत्पन्न राजनीतिक संकट, भारतको नाकाबन्दी र जनताले पाएको दु:ख हेर्दा हाम्रा नेताहरुको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।’ राजनीतिमाथि टिप्पणी गर्दै उनले भने, ‘जो नेता पदमा हुँदा आफूले सबै कुरा जानेको छु भन्ठान्छ, ऊ समस्यामा पर्छ ।’
हमालले पहिलो संविधानसभा निर्वाचनको प्रसंग कोट्याउँदै भने, ‘पहिला प्रचण्डजी, बाबुरामजी भनेर कतिजना ज्यान फालेर लागे, अब लाग्दैनन् । किनकी जनता त्यसबेला ती नेताका पछि लागेका थिएनन्, उनीहरुको आवाजको पछि लागेका थिए । जनता र उनीहरुको आवाज एउटै थियो । तर अहिले त्यो परिवर्तन भएको छ । उनीहरुले कुनै आमसभा गर्‍यो भने अब पैसा तिरेर मान्छे ल्याउनु पर्ने हुन्छ ।’
कार्यक्रममा अभिनेत्री निशा अधिकारीले हामी सबैमा जन्मदै नेतृत्व क्षमता हुने बताउँदै आपैंmले आफ्नो जीन्दगीलाई नेतृत्व गर्दै अघि बढ्दै गइने बताइन् । कार्यक्रममा कानुनविद् भिमार्जुन आचार्य, बैंकर अनिल शाहलगायतले पनि बोलेका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}