Home » » भूकम्पपीडितलाई गाउँमै सरकारी सेवा

भूकम्पपीडितलाई गाउँमै सरकारी सेवा

११ पुस, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको लिशंखु गाविस ४ की सुनमाया तामाङले ७३ वर्षको उमेरमा नागरिकता बनाइन । बस चढेर सदरमुकाम जान नसक्ने उनले छिमेकी गाउँमा घुम्ती शिविर आएको मौका छोपेर नागरिकता लिएकी हुन ।

सामाजिक सुरक्षा भत्ता लिन दुई वर्ष मात्र उमेर बाँकी हुँदा उनलाई नागरिकताको चिन्ता थियो । छिमेकी गाउँ अत्तरपुरमा शिविर चल्दैछ भन्ने सुनेपछि उनले अघिल्लो दिन छोरालाई लिएर शिविरस्थल पुगेर नागरिकता बनाएको छ ।

‘अब भत्ता खान सजिलो हुने भयो,’ नागरिकता लिएपछि खुसी हुँदै भनिन्, ‘यहाँ शिविर नआएकोृ भए मैले कहिल्यै नागरिकता पाउँदिन थिएँ ।’

१९९९ सालमा जन्मिएकी सुनमायाले बस चढेर बिरामी भएपछि त्यही डरले सदरमुकाम जान डराएकी उनले गाउँमा शिविर आएपछि मात्र नागरिकताको प्रमाणपत्र लिएकी हुने ।

स्थानीय प्रशासनको अगुवाईमा भूकम्पप्रभावित क्षेत्रलाई मध्यनगर गर्दै घुम्ति शिविर सञ्चालन गरेको छ । उक्त शिविरमार्फत सम्पूर्ण सरकारी सेवा दिइने गरिएको उनीहरुले बताएका छन् । 
अन्नपूर्ण पोस्टमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}