
|
|
११ पुस, काठमाण्डौं ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोर्चाका शीर्ष नेताहरु फेरि मधेश झर्ने बताएका छन् । वार्ताका लागि सरकार गम्भिर नभएको आरोप लगाउँदै यादवले एमाओवादी अध्यक्ष प्रचण्डले आपूmहरुसँग झारा टार्र्ने काम मात्रै गरेको बताए ।
प्रचण्डले शुक्रबार मधेशी मोर्चाका शीर्ष नेता र एमाले र कांग्रेसका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीले नचाहेसम्म सकारात्मक र निर्णायक वार्ता नहुने बताउँदै उनले आन्दोलन एकमात्र विकल्प भएकाले मोर्चाका नेताहरु मधेश झर्ने बताएका हुन् ।
प्रधानमन्त्री वार्ता नचाहेकै कारण समस्या थप जटिल बनेको उनको भनाई छ । सरकार वार्ताप्रति गम्भिरर नभएकाले आपूmलगायत मधेशी मोर्चामा आबद्ध नेता तराई झर्ने उनले बताए । तराई झरे लगत्तै आन्दोलन थप सशक्त बनाउने उनको भनाई छ ।
उनले आन्दोलन हिंसातर्पm उन्मुख भएको खण्डमा त्यसको जिम्मा राज्यले लिनुपर्ने समेत बताएका छन् । मोर्चाका अन्य नेताहरुले पनि सरकार वार्ताप्रति गम्भिर नभएको भन्दै मधेश झर्ने बताएका छन् । नेपाल समाचारपत्रमा खबरर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

