
|
|
कतारमा नेपाल लगायतका देशका नागरिकले अव सिधै ड्राइभरको परिक्षा दिन नपाउने भएका छन् । कतारको ट्राफिक विभागले कतारको सवारी चालक अनुमति पत्रका लागि हालको झैं सिधै परिक्षा दिन नपाउने निर्णय गरेको छ ।
समाचार अनुसार नेपालीसँगै भारतीय, पाकिस्तानी, बंगलादेशी, ईण्डोनेसियन, फिलिपिनो, श्रीलंकाली, चिनियाँले सवारी चालक अनुमतिपत्रका लागि सिधै परिक्षा दिन पाउने छैनन् । यसैगरी अफ्रिकी मुलुकहरु सोमालिया, सुडान, घाना, केन्या, नाइजेरिया, ईथियाृेपिया, ईजिप्टसँगै उत्तर कोरियाका नागरिक पनि सिधै परिक्षामा सामेल हुन पाउने छैनन् । अव ति देशका नागरिकले चालक अनुमति प्राप्त गर्न कतारको सवारी चालक सम्वन्धि प्रशिक्षण सञ्चालन गर्ने तालिम केन्द्रमा तालिम लिइ परिक्षा पास गर्नुपर्नेछ । तालिमको समयावधि कति समयको हुने भन्ने खुलाइएको छैन । त्यो कुन प्रकृृतिको गाडी चलाउने चालक अनुमतिपत्र आवश्यक पर्ने हो सोही अनुरुपको हुने जनाइएको छ । यसैबीच विभागले अव खाडीका नागरिक बाहेक अन्य नागरिकले अन्य खाडीका देशबाट लिएको चालक अनुमतिपत्रलाई कतारको अनुमति पत्रमा बदल्न नसक्ने भएका छन् । अव कतारमा गाडी चलाउन सोही देशको परिक्षा पास गरेर अनुमति पत्र लिनु पर्ने व्यवस्था मिलाइएको विभागले प्रष्ट पारेको छ । यसले नेपालीका लागि कतारको सवारी चालकको रोजगारीमा धक्का लाग्ने सम्भावना छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

