
|
|
काठमाडौ, १० पुस– शुक्रवार चीनसँग नेपालले विभिन्न ८ बुँदे सम्झौता गरेको छ । बुँदामा इन्धन आपूर्तिदेखि अन्य विभिन्न कुराहरु समेटिएका छन् ।
८ बुँदे सहमति भएसँगै नाकाबन्दीले आक्रान्त बनेको जनजीवन सामान्य हुने विश्वास नागरिकहरुले लिएका छन् । अन्य कुरालाई छोडेर हेर्ने हो भने नेपाल र चीनबीच एउटा नयाँ सम्झौता पनि थपिएको छ ।
त्यो हो अब चिनियाँहरुलाई नेपाल प्रवेश गर्न भिसा शुल्क लाग्ने छैन् । चीन र नेपालबीच केही घन्टाअघि भएको ८ बुँदे सम्झौता कार्यान्वयन गर्दै नेपाल सरकारले शुक्रबार साँझ यस्तो निर्णय गरेको हो।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापा तथा उनका चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार दिउसो भएको ८ बुँदे सम्झौताअनुसार नेपाल आउने चिनियाँ पर्यटकका लागि भिषा शुल्क नलाग्ने बुँदा पनि समावेश थियो।
शुक्रबार साँझको मन्त्रिपरिषदले सोही सम्झौतालाई मूर्तरुप दिँदै चिनियाँ नागरिकलाई नेपाल प्रवेश गर्न भिसा शुल्क नलाग्ने निर्णय गरेको हो। यो निर्णयले चीन र नेपाललाई अझ नजिक बनाउने अपेक्षा गरिएको छ। यसले नेपाली पर्यटन क्षेत्रको विकासमा अझै महत्वपूर्ण टेवा पुर्याउने विश्वास पनि गरिएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

