
|
|
चीनसँग आठबुँदे सहमति
काठमाडौँ, ११ पुस - नेपालका परराष्ट्रमन्त्री थापा र चिनियाँ विदेशमन्त्री वाङबीच आठबुँदे सहमति भएको छ।
१ उच्चस्तरको भ्रमण आदान–प्रदान गर्ने
२ भूकम्पपछिको पुनर्निर्माणलाई दु्रत गतिमा अगाडि बढाउने
३ चीनसँग जोडिएका हाइवेलाई प्राथमिकता दिने
४ नेपालको स्वतन्त्र विकासको रणनीतिअनुसार औद्योगिक विकास प्रणालीमा सघाउने
५ दीर्घकालीन रूपमा तेल र ग्यासको व्यापार गर्ने
६ सीमापार विकासमा जोड, विद्यमान नाकाको स्तरोन्नति गर्ने, थप खोल्न सहमति गरिएका नाकाहरू खोल्ने तथा नयाँ नाकाको सम्भावनाबारे अध्ययन गर्ने
७ सीमा आर्थिक तथा व्यापार सहकार्यका अन्य सम्भावनाको अध्ययन गर्ने
८ पारवहन सन्धि तथा बिप्पा सन्धिका लागि सक्रिय अध्ययन गरी त्यसको हस्ताक्षरको माहोल बनाउने सहमति भएको छ।
पेट्रोल र ग्यासको व्यापारका लागि अध्ययन गर्न सुझाब
चीनले पेट्रोल र ग्यासको व्यापारका लागि लागि शुल्क यातायात तथा अन्य प्रविधिबारे विस्तृतमा अध्ययन गर्न नेपाललाई सुझाब दिएको छ। नेपालबाट सोबारे अध्ययन गर्न आयल नियमका दुई अधिकारी शुक्रबारै बेइजिङ आइपुगेका छन्। त्यस्तै, चीनले उपहारस्वरूप नेपालको उत्तरी क्षेत्रलाई थप इन्धन उपलब्ध गराउने भएको छ। चीन र नेपालको उच्चस्तरीय तहमा पेट्रोल र ग्यासमा दीर्घकालीन व्यापार गर्ने सहमतिसँगै चीनबाट इन्धन भित्रिने पक्का भएको छ।
भारत र चीनबीच नेपाल हुनु फाइदामूलक
उनले भारत र चीनको बीचमा रहेको नेपालको भौगोलिक अवस्थितिको बेफाइदाभन्दा फाइदा बढी भएको पनि बताए। ‘यी दुवै देशको बीचमा हुनु नेपालको फाइदाको विषय हो,’ उनले भने, ‘६० वर्ष पुगेको छ, अब हामीले हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास गर्नुपर्छ।’ नेपालमा चीन र भारतको प्रतिस्पर्धा भइरहेको भन्ने प्रश्नमा विदेशमन्त्री वाङले चीन र भारत आपसी हितका लागि दुवै देशले सहकार्य गरिरहेको बताए।
तीन देशबीच ‘विन-विन’को अवस्था हुने गरी सहकार्य
चिनियाँ विदेशमन्त्री वाङले नेपाल भारत र चीन हिमाल र नदीले जोडिएका र प्राकृतिक रूपमै विकासको साझा साझेदार भएको उल्लेख गर्दै तीन देशले ‘विन–विन’को अवस्था हुने गरी सहकार्य गर्नुपर्ने बताए। ‘चीनले सधैँ आकार जे भए पनि देश बराबर हुने विषयमा एड्भोकेसी गर्दै आएको छ। अर्को मुलुकलाई सधैँ बराबरको व्यवहार गर्छ। यसमा भारतको पनि त्यही नीति र प्राक्टिस रहँदै आएको हाम्रो विश्वास छ,’ उनले अगाडि भनेका छन्।
नेपालका प्रधानमन्त्रीलाई चीन भ्रमणको निमन्त्रणा
चीनले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो देशको भ्रमण गर्न निमन्त्रणा दिएको छ। अर्को वर्ष उपयुक्त समय मिलाएर बेइजिङ आउन नेपालका प्रधानमन्त्री ओलीलाई चीनले निम्ता दिएको हो।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

