Home » » प्रधानमन्त्री ओलीले किन प्रयोग गर्दैनन् आफ्नै निवासको त्यो एक नम्बर गेट ?

प्रधानमन्त्री ओलीले किन प्रयोग गर्दैनन् आफ्नै निवासको त्यो एक नम्बर गेट ?

काठमाडौं, मंसिर । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सवा छ बज्दै थियो । कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठक चलिरहेका बेला बैठक हलको मुल ढोकाबाट प्रधानमन्त्री केपी ओली फुत्त निस्कनु भो । उहाँलाई देखेपछि सुरक्षाकर्मीहरू नजिकै पुगे । प्रधानमन्त्रीले केही निर्देशन दिनुभयो ।
लगत्तै सुरक्षाकर्मीले कतै जानको लागि हतारहतार तयारी गरे । पाँच मिनटभित्र स्कर्टिङ र प्रधानमन्त्री ओली चढ्ने गाडी नजिकै आइपुग्यो । ओली आफ्नो गाडीमा चढ्नु भयो । ओली चढ्नेवित्तिकै उहाँलाई स्कर्टिङ गर्ने र बाटो देखाउन सबैभन्दा अगाडि चल्ने गाडीहरू तीन नम्वर गेटतर्फ हुइँकिए । यो देखेपछि सबै चकित परे । किन भने प्रधानमन्त्रीका लागि नजिकैको एक नम्बर गेट बनाइएको छ ।

प्रधानमन्त्री निवासभित्र प्रवेश गर्न दुई वटा गेट छन् । तीन नम्बरबाट सर्वसाधारणका लागि छुट्याइएको छ भने एक नम्बर गेट प्रधानमन्त्री र भीभीआइपीको लागि हो ।
तर अचम्मको कुरा प्रधानमन्त्री ओलीले भीभीआइपीका लागि बनाइएको यो गेट अहिलेसम्म प्रयोग गर्नुभएको छैन । त्यो गेटतर्फ ओलीले कहिल्यै राम्रो नजरले हेर्नु हुन्न ।
यो एक नम्बर गेटबाट पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, राजदूत र भीभीआइपीका लागि मात्रै प्रयोग हुने गरेको छ । तर अहिले कसैका लागि प्रयोग हुँदैन । ताला लगाएर राखिएको छ ।
यो एक नम्बर गेटमा ताला लाग्नुको कारण खोज्दै जाँदा अचम्मको रहस्या पत्ता लाग्यो ।
एमालेका तत्कालीन अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री झलनाथ खनालको पालमा बालुवाटारमा राखिएको पार्टीको बैठकमा सहभागी हुन ओली आउनु भएको थियो । संयोगवस ओली लाजिम्पाट हुँदै आउने क्रममा एक नम्बर गेटमा आइपुग्नु भयो । सोही एक नम्बर गेटबाट भित्र प्रवेश गर्न ओलीको गाडी तेर्छियो । तर सुरक्षाकर्मीले ‘यहाँबाट प्रवेश गर्न दिन मिल्दैन’भन्दै अबरोध गरे । लगत्तै ओली आफ्नो गाडीबाट बाहिर निस्कनु भयो । उहाँले खनाललाई फोन गर्नु भयो । तर एक नम्बर गेट प्रयोग नगर्न खनालबाटै आग्रह आएपछि ओली चकित पर्नुभयो ।

ओली चढ्नेवित्तिकै उहाँलाई स्कर्टिङ गर्ने र बाटो देखाउन सबैभन्दा अगाडि चल्ने गाडीहरू तीन नम्वर गेटतर्फ हुइँकिए । यो देखेपछि सबै चकित परे । किन भने प्रधानमन्त्रीका लागि नजिकैको एक नम्बर गेट बनाइएको छ ।

लगत्तै फोन काटेर ओली आफ्नो निजी निवास भक्तपुरको बालकोटतर्फ हानिनु भो । बालकोटतर्फ लाग्नुअघि त्यही एक नम्बर गेटमा ओलीले भन्नुभएको थियो, ‘मैले यो एक नम्बर गेट बन्द गरिदिन्छु । यो एक नम्बर गेटबाट कहिल्यै प्रवेश गर्दिन । र प्रवेश गर्न पनि दिन्न ।’
त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री हुँदासम्म ओली बालुवाटार प्रवेश पनि गर्नुभएन । खनालको कार्यकाल सक्किएपछि अरु बेला बालुवाटार प्रवेश गरे पनि ओलीले जहिले पनि तीन नम्बर गेट नै प्रयोग गर्नुभयो । र अहिले प्रधानमन्त्री हुँदा पनि ओलीले तीन नम्बर गेट प्रयोग गर्दै आउनु भएको छ । सुरक्षाकर्मीले पनि तीन नम्बर गेटमा अलि धेरै सुरक्षा व्यवस्था अपनाएका छन् ।
राजनीतिक रुपमा दृढ अडान लिन सक्ने ओली संयोगले अहिले एमालेको अध्यक्ष र मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । उहाँ अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय असहज परिस्थितिबाट गुज्रिरहनु भएको छ । सबैको सामना गर्दै ओलीले मुलुकलाई एकठाउँमा ल्याने प्रयास गर्दै हुनुहुन्छ ।
यो घटनाले के देखाएको छ भने ओलीलाई कुनै विषयले छोयो वा अपमान भयो भने त्यसलाई धैर्य गरेर कुनैन कुनै समयमा देखाइदिनुहुन्छ । ढिलो चाँढो अवश्य हुनसक्छ ।
त्यो सानो घटनालाई ठूलो इगो बनाउनु भएका ओलीले एक नम्बर गेट शुक्रबार साँझ प्रयोग नगरेको देख्दा सबै पत्रकारहरू अचम्म पर्नुभयो । तर त्यसको यथार्थता बुझ्दा सबै चकित परेका थिए ।
केही दिनअघि पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बालुवाटार प्रवेश गर्न सही एक नम्बर गेटको प्रयोग गर्न खोज्नु भएको थियो । तर उहाँलाई के थाहा थिएन भने प्रधानमन्त्री ओलीले त्यो एक नम्बर गेट आफ्नो कार्यकालभरिका लागि बन्द गरिदिनुभएको छ भन्ने । सस्तो लोकप्रियता र चर्चा खोज्ने बाबुरामले आफू नजिकका केही सञ्चारमाध्यमलाई फोन गरेर ‘ओलीले मलाई एक नम्बर गेट प्रयोग गर्न दिएनन्’ भनेर समाचार लेख्न लगाउनु भयो ।
आफैले प्रयोग नगर्ने र आफैले ताला लगाउन निर्देशन दिएको एक नम्बर गेट ओलीले बाबुरामलाई किन प्रयोग गर्न दिनु हुन्थ्यो ?

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}