Home » » मधेसी नेताहरुलाई भारतले भन्यो- पहाडबाट अलग्याएर मधेस प्रदेश नबनाउ

मधेसी नेताहरुलाई भारतले भन्यो- पहाडबाट अलग्याएर मधेस प्रदेश नबनाउ

काठमाडौ, २३ मंसिर । समग्र मधेसलाई पहाडसँग अलग्याएर दुई प्रदेश बनाउनुपर्ने माग सहित आन्दोलन गरिरहेको मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारीले पहाडसँग पुरै अलग्याएर मधेस प्रदेश नबनाउन सुझाव दिएका छन ।

यादवसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नेता कोश्यारीले मधेसमा दुई प्रदेश बनाए पनि पहाडसमेत जोडेर प्रदेश बनाउन सुझाव दिए । उनले भने–‘पहाडसँग अलग्याएर प्रदेश बनाउँदा त्यसले राष्ट्रिय एकता कायम राख्न मद्दत गर्दैन ।’
कोसियारीले ५/६ दिनमै नेपालमासहमति भएर आपूर्ति ब्यवस्था सहज हुने विश्वास ब्यक्त गरे पनि नेपालमा भारतले कुनै घोषित वा अघोषित नाकाबन्दी नलगाएको धारणा दोहोर्याए ।
नेपालको समस्या नेपालकै राजनीतिक दलहरुले सुल्झाउने भन्दै नेपालमा जातीयताको कुरा आएपछि सबैको कुरा विग्रिएकोले पहिला नेपाली भएर सोचेर बिनासर्त बार्तामा बसे समाधान तत्काल निस्कने विश्वास ब्यक्त गरेको नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जानकारी दिएका छन ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}