Home » » तमलोपा अध्यक्ष ठाकुर नै ‘नाकाबन्दी’को कडा बिरोधमा उत्रिए

तमलोपा अध्यक्ष ठाकुर नै ‘नाकाबन्दी’को कडा बिरोधमा उत्रिए

काठमाडौं, २३ मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्त ठाकुरले आफूहरू र भारतले नेपालमा ‘नाकाबन्दी’ नगरेको दाबी गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (मंगलबार) बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष ठाकुरले नेपालमा ‘नाकाबन्दी’ नलगाएको दाबी गर्नुभयो । ‘नाकाबन्दी शब्द कहाँबाट आयो ?’, प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘मधेस आन्दोलन बद्नाम गर्न ‘नाकाबन्दी’ गरेको आरोप हामीलाई लगाइएको छ ।’ उहाँले आफूहरूको आन्दोलन सरकारलाई असहयोग गर्ने मात्रै रहेको दाबी गर्नुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुरले ‘नाकाबन्दी’ मधेसी मोर्चा र भारत दुबैले नगरेको दाबी गर्नुभयो । उहाँले मधेस आन्दोलनका कराण आपूर्ति व्यवस्था सहज हुन नसकेको मात्रै बताउनुभयो ।
‘हामीले ‘नाकाबन्दी’ भनेका छैनौँ’, अध्यक्ष ठाकरले आफ्नो अन्तर्वार्तामा पटक पटक दोहर्‍याउँदै भन्नुभयो, ‘हामीले त असहोग आन्दोलन मात्रै गरेको हो ।’ अध्यक्ष ठाकुरले ‘नाकाबन्दी’ शब्दबाट आफूलाई यूटर्न गराएकोमा सबैले चकित भएर लिएका छन् ।
स्रोतका अनुसार भारतमा नेपालमा भएको ‘नाकाबन्दी’ र आपूर्ति व्यवस्थालाई लिएर विभिन्न दलका नेताहरूले कडा आलोचना गरेपछि मधेसी मोर्चाले आफ्नो बचाउ गर्न ‘नाकाबन्दी’ नगरेको छ । ‘नाकाबन्दी’ले समस्याको समाधान नगर्ने भन्दै आलोचना भएपछि मधेसी मोर्चाका नेताहरूले भारत र आफूहरूले ‘नाकाबन्दी’ नगरेको बताएका हुन् ।
यद्यपि, मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवले सार्वजनिक कार्यक्रम र पत्रकार सम्मेलनहरूमा ‘नाकाबन्दी’ भारतले भनई आफूहरूले लगाएको दाबी गर्दै आएका थिए । नाकाबन्दी लगाएको स्वीकार गर्नेमा अध्यक्ष ठाकुर स्वयं पनि हुनुहुन्छ ।
अहिले आएर अध्यक्ष ठाकुरले एकाएक किन ‘नाकाबन्दी’ शब्दको बिरोध गर्नु थाल्नु भएको छ ? रहस्यको विषय भएको छ । उहाँले यसरी ‘नाकाबन्दी’ शब्दको बिरोध गर्नुलाई भारतीय नेताहरूले दबाव दिएर नाकाबन्दी नगर्न भनेको हुनुपर्ने जानकारहरूको भनाइ छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}