Home » » राज्यसभामा मोदीलाई भारतीय सांसदको चेतावनी- गोर्खालीको सहयोग नबिर्सनुस्

राज्यसभामा मोदीलाई भारतीय सांसदको चेतावनी- गोर्खालीको सहयोग नबिर्सनुस्

काठमाडौं, २३ मंसिर । भारतको माथिल्लो सदन राज्यसभामा नेपालबारे बहस सुरु भएको छ ।
बहसमा भारतका थुप्रै सांसदहरुले नेपालको पक्षमा बोलेका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्नै प्रश्नले कडा प्रहार गरेका छन् ।
यसक्रममा जनता दल युनाइटेडका नेता एवं भारतीय सांसद शरद यादवले नेपाल–भारत सम्बन्ध एकदमै विग्रिएको भन्दै यसको जिम्मेवार मोदी सरकार भएको बताए ।

उनले नेपालसँग भारतको विश्वका सबै देशभन्दा फरक सम्बन्ध रहेको बताए । ‘ यो विषयमा पूरा देशका जनताका सम्वन्ध नेपालका जनतासँग छ । यो देशमा समस्या हुँदा नेपालका वीर गोर्खाली जनताले सहयोग गरेका छन् । स्वतन्त्रताको आन्दोलनमा समेत नेपालले सहयोग गरेको थियो । यस्तो सम्बन्ध छ, जसलाई अर्को देशको भन्दा फरक छ । रोटी बेटीको सम्वन्ध छ । हाम्रो नागरिक नेताको सम्वन्ध नेपालको जनतासँग छ । तर, अवस्था फेरि बिग्रियो । यो नबिर्सन म प्रधानमन्त्रीलाई सचेत गराउन चाहन्छु ।’ नेता यादवले सम्बन्ध सुधारका लागि अब भारतीय विदेश मन्त्रालयले तत्काल केही गर्नुपर्ने सुझाव दिनुभयो ।
‘सरकार र विदेशमन्त्रीलाई आग्रह गर्छु कि समय खेर नफाल्नुस् । एक मानवीय संकटको अवस्था आएको छ । तत्काल कदम चाल्नुस् । जसरी पहिलाका सरकारहरुले समाधान निकाले, त्यसरी नै काम गर्नुस् । हामी सहयोग गर्छौं ।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}