
|
|
दाद रोगले मानिसलाई हैरानी बनाउँदछ । दाद रोग चिलाउने भएको कारणले गर्दा बिरामीलाई हैरान पार्दछ । कुनै पनि शरीरभित्रका अङ्गहरुमा खराबी भयो भने दाद रोग नङ्ग, जाँघ, पेटको तल्लो भाग र अण्डकोशमा धेरै आउने गर्दछ । दाद रोगलाई दद्रु र एलोपेथिकमा रिंग वर्म भनेर चिनिन्छ । शरिरको गोप्य आङ्गमा पनि दाद आउने भएकोले यसको उपचार समयमा नै गनुपर्ने हुन्छ ।
दाद रोगको उपचार गर्ने तरिका
१्रातो खुर्सानीको तेल, मेवाको दूध या मुलाको बिउलाई कागतीको रसमा पिसेर तातो बनाउने र दादमा बिहान बेलुका लगाउने ।
२.छाला, नङ औँलाको बीच तथा चेप, हातखुट्टा टाउकाको नियमित सफाई गर्ने र सधैँ सफा गर्ने ।
३.दाद आएको भागमा निमको पातले सधैँ सफा गर्ने ।
४.आफ्नो सरसफाइमा ध्यान दिने, सफा कपडा लगाउने ।
५.हात खुट्टाको नङ्गलाई सफा राख्ने ।
६.रोगीले प्रयोग गरेका सामान जस्तै टुथब्रस काईँयो लुगा रुमाल तौलिया अरुले प्रयोग नगर्ने ।
७.दाद आएको भागमा नङ्गले चिलाउने प्रयास नगर्ने ।
८.दाद आएको भागमा परेको कपडा सफा गरेर मात्र प्रयोग गर्ने ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

