Home » » “तलब बढाइदेऊ भन्दा भारतीयले भन्छ– ‘तुम नेपाली हो, अपना देश चले जाओ ।”

“तलब बढाइदेऊ भन्दा भारतीयले भन्छ– ‘तुम नेपाली हो, अपना देश चले जाओ ।”

भारतमा नेपाली कति छन् भन्ने यकिन तथ्यांक छैन । धेरैपहिले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालजीले लेखेको दस्ताबेजमा भारतमा ६० लाख नेपालीहरू छन् भन्ने उल्लेख छ । त्यसैलाई आधार मानेर भारतमा ६० लाख, ७० लाख, एक करोड छन् भन्ने ‘रफ’ तथ्यांक सञ्चारमाध्यम र नेपाली जनमानसमा आइरहेको छ । भारतीय ‘रिसर्चर’हरूले पनि भारतभरि ८० लाखजति नेपालीहरू छन् भन्दै आएका छन् । चलायमान जनसंख्या ७० लाखजति छन् भन्ने चर्चा अहिले पनि चलिरहेको छ ।

अठार घन्टा काम गर्ने, तर १२ हजार पनि नकमाउनेले कसरी घरपरिवार हेर्छ, केटाकेटीको शिक्षा, स्वास्थ्यमा खर्च गर्छ रु कानुनको राज्य भएको नयाँदिल्लीको कथा हो यो ।
राजा महेन्द्रको समयमा नाकाबन्दी गर्दा भारतले ८० लाख नेपालीहरूलाई फिर्ता गरिदिने हो भने तिम्रा देशमा उनीहरूलाई ‘एड्जस्ट’ गर्न सक्दैनौ भन्ने प्रश्न गरेको थियो । मौसमी कामका लागि भारत आउने नेपालीहरूको संख्या भने थोरै छ । हिमाञ्चलमा गएर काम गर्ने, पन्जाबतिर आएर धान काट्ने तराईका मानिसहरूसमेत जोड्दा थप आठ–दश लाख नेपालीहरू भारतमा आउने–जाने भइरहेको छ । तर, यो यहीँ स्थायी रूपले बस्ने संख्या होइन । यसरी हेर्दा मेरो मूल्यांकनमा बढीमा १० लाखजति नेपालीहरू भारतमा छन् । आजभन्दा २० वर्षअघि गोरखपुरबाट नेपाल जाने मानिसहरूको संख्या जति थियो, अहिले त्यो कम भइसकेको छ । पहिला छ्याप्छ्याप्ति भेटिने लाहुरेहरू अहिले त्यहाँ भेटिँदैनन्, केवल ‘सिजनल’ मजदुरी गर्न आएका थोरै मानिसहरू मात्रै भेटिन्छन् । अथवा ‘टुर प्याकेज’ लिएर आउने भेटिन्छन् । अहिले गोरखपुर स्टेसनमा प्रवासी नेपालीहरू पनि अत्यन्त कम देखिन्छन् ।

यो आलेख नयाँ पत्रिका दैनिकले तीन दशकभन्दा बढी समयदेखि भारतमा रहेर नेपाली समुदायका लागि काम गरिरहेका अखिल भारत नेपाली एकता मञ्चका अध्यक्ष लक्ष्मण पन्तसँग गरेको कुराकानीबाट लिइएको हो ।
अहिले नेपालीहरूको जनसंख्या भारतमा पातलिएको छ । पहिले पनि २५ लाखसम्म थिए होलान्, ५० लाख नेपालीहरू प्रवासीका रूपमा भारतमा कहिल्यै पनि थिएनन् । अहिले नेपाली जनसंख्या बरु खाडी, युरोप अमेरिकातिर सिफ्ट भएको छ । जसले एक लाख रुपैयाँ पनि जुटाउन सक्दैन, ऊ मात्र भारत आइरहेको छ । भारतको सत्तारुढ वर्गले भारतमा नेपालीहरूको जनसंख्या अत्यन्तै धेरै छ भनेर बढाइ–चढाइ गरी काबुमा राख्न खोजेको मात्रै हो । नेपालीहरूको जनसंख्यालाई बढाइ–चढाइ गरेर भारतले नेपाललाई राजनीतिक अस्त्र बनाउन खोजेको छ । भारतीय सेनामा ३५–४० हजार नेपाली छन् । ११ वटा गोर्खा रेजिमेन्ट र आसाम राइफल्समा छन् । एक करोड नेपालीहरूलाई भारतले पालेको छ भन्ने भारतीय अधिकारीहरूको औपचारिक–अनौपचारिक भनाइ यसकारण तथ्यपरक छैन ।

नेपालबाट आउने हाम्रा नेपालीहरूको संख्या बढीमा १५ लाख र सिक्किम, उत्तरपूर्वी भारतका अन्य ठाउँ र पश्चिम भारतका भारतीय नेपालीहरूको संख्या बढीमा १५–२० लाखजति छ । उनीहरू भारतीय हुन् । नेपालीहरूको संख्या त चलायमान छ, जो तीन महिना कालापहाड गरेर खेतमा सरिक हुन्छन् वा दिल्ली, पन्जाबमा आएर चौकीदारी गर्छन् । हिमाञ्चलमा स्याउको भारी बोक्नेहरू पनि छन् । यसबारे यकिन तथ्यांक नेपालले तयार गर्नुपर्छ । ००० भारत आएकामध्ये सबैभन्दा धेरै नेपालीहरू दिल्लीमा छन् । त्यसपछि क्रमशस् बम्बई, बैंग्लोर, चेन्नेई, कलकत्तालगायतका ठाउँमा छन् । कलकत्ताबाटै नेपाल र भारतको कूटनीतिक सम्बन्ध स्थापना भएको हो, जहाँ नेपालीहरूको पनि आवत–जावत र बसोबास पहिलेदेखि नै रहँदै आएको छ । हिमाञ्चल, सिमलातिर आएकाहरू त चलायमान जनसंख्या हो । सुदूरपश्चिम पहाडबाट भरियाका रूपमा काम गर्नेहरूलाई मैले नै सिमलामा भेटेको थिएँ । उत्तराखण्डतिर सुदूरपश्चिम पहाड र तराईका मानिसहरू बढी आउँछन् । पूर्वी नेपालबाट मुगलान आउने जनसंख्या कम छ । पश्चिम र मध्यपश्चिमका नेपालीहरू दिल्ली र बम्बई आइरहेका छन् । बैंग्लोरमा बाजुरा, बझाङबाट आएकाहरू उल्लेख्य छन् । साना स्केलका होटेल, फास्टफुड, खुद्रा व्यापार गरेर बस्ने नेपालीहरू पनि छन् । तर, यो संख्या सानो छ ।

भारतमा भएका नेपालीमध्ये ९५ प्रतिशत सरकारी जागिर खाएका, चौकीदारी गर्ने, अन्य श्रम गर्ने छन् । बाँकी पाँच प्रतिशत मात्रै खुद्रा व्यापारसहित साना स्केलका होटेल गर्न बसिरहेका छन् । दुई–चार करोडको पुँजीमा व्यापार गरिरहेका नेपालीहरू पनि छन्, तर उनीहरूको संख्या औँलामा गन्न सकिने छ ।

भारतको अर्थतन्त्र, सुरक्षामा नेपालीहरूको ठूलो योगदान छ । भारत वर्षको कुरा गर्ने हो भने, ‘मेरा भारत महान्’ भन्ने ‘स्लोगान’ बनाउन गोर्खालीहरूको ठूलो योगदान छ । उनीहरू भाडाका सिपाहीका रूपमा रहे भन्ने कुरा बहसको अर्को पाटो होला । तर, यो भारतलाई यहाँसम्म ल्याउन नेपालीहरूले गरेको योगदानको यथोचित चर्चा दिल्लीमा हुँदैन । यो बडो दुखद छ । सन् १९४७ मा स्वतन्त्रतालगत्तै हैदराबाद, काश्मिर गोर्खालीहरूले गर्दा भारतले आफ्नो अधिनमा ल्याउन सकेको यथार्थ धेरैले सही रूपमा बुझेका छैनन् वा त्यही रूपमा मूल्यांकन गरेका छैनन् । काश्मिरदेखि कन्याकुमारीसम्मको भारत भनेर भारतीयहरूले गर्व गर्ने अवस्था नेपालीले बनाइदिएको इतिहास साक्षी छ ।

पछिल्लोपटक १९९९ मा कार्गिलमा नेपाली गोर्खाहरूका कारण भारतले विजय हासिल गरेको हो । त्यसकारण भारत बनाउन, यसको गरिमा बढाउन, स्वतन्त्रता र अखण्डता बचाउन अनि सुरक्षा गर्न नेपालीहरूले रगत–पसिना बगाएका छन् । केही भारतीयले व्यक्तिगत रूपमा यो कुरा महसुस गर्ने गरे पनि समग्रमा यसको मूल्यांकन छैन । जबकि, यो त सरकारी स्तरबाट उल्लेख हुनुपर्ने विषय हो । तर, हामीले बनाइदिएको उनीहरूको भविष्यबारे मौनता साँचेर भारतीयहरूले नेपालको भाग्य र भविष्य हामीले बनाइदिएका हौँ, हामीले बनाइदिने हो भनिरहेका छन् । उनीहरूको निगाहले मात्रै नेपालीहरू बाँचेका भन्नेजस्तो प्रचार–प्रसार भारतमा भइरहेको छ ।

नेपालीहरू भारतमा १८ घन्टा खटिएका छन्, तर उनीहरू ज्याला वा तलबमा ठगिएका छन् । नेपाली भएबापत उनीहरूमाथि थप पीडा छ । उदाहरणका लागि, मारुती कारखानामा काम गर्ने युपी, बिहार, झारखण्डका भारतीय र नेपालका नागरिकमाथि अलग–अलग आर्थिक व्यवहार छ । श्रमको अधिकार खोजेका नेपालीलाई ‘देश छाडेर जाऊ’ भन्नेसम्मको व्यवहार छ । होटेल, कोठी, निजी फ्याक्ट्रीमा नेपालीहरूले १८ घन्टा काम गरेका छन् । यो महँगीमा पनि उनीहरूलाई पाँचदेखि १० हजारभन्दा बढी तलब छैन । अहिलेको महँगीमा कसरी उनीहरू बाँच्छन् रु १५ घन्टा ड्युटी गर्ने चौकीदारले सात हजारभन्दा बढी तलब पाउँदैन । अनि कसरी बाँच्छ नेपाली रु यो त अमानवीय व्यवहार हो ।

तलब बढाइदेऊ भन्दा भारतीयले भन्छ, ‘तुम नेपाली हो, अपना देश चले जाओ ।’ अठार घन्टा काम गर्ने, तर १२ हजार पनि नकमाउनेले कसरी घरपरिवार हेर्छ, केटाकेटीको शिक्षा, स्वास्थ्यमा खर्च गर्छ ?कानुनको राज्य भएको नयाँदिल्लीको कथा हो यो । दुर्गम ठाउँमा के हालत होला ? उत्तराखण्डको हालत के होला ? मैले देखेको छु, सिमलामा स्याउ बोक्ने, हिमाञ्चलमा भारी बोक्नेको हालत यति खराब छ कि उनीहरू महिनाको एक हजार लिएर फर्किन बाध्य छन् । सिक्किमदेखि काश्मिरसम्म बाटो निर्माण भइरहेको ठाउँमा नेपालीहरू अधिकांश मजदुर छन् । त्यहाँ सरकारी ज्यालादरको आधा पनि नेपालीले पाएका छैनन् भन्ने खबर पाएको छु । त्यसकारण, १९५० को सन्धिले नेपाल र भारतका नागरिकलाई दुवै देशमा समान व्यवहार हुनुपर्ने उल्लेख गरेको प्रावधान भारतमा कार्यान्वयन भएको छैन ।

नेपाल भारतको ठूलो बजार हो । काँकडभिट्टादेखि दार्चुलासम्म नेपालीले सटर बनाइदिएका छन् । चेन्नेईका कम्पनीमा बनेका हुन्डाई मोर्टर, गुडगावका मारुतीहरू, हिरोहोन्डा मोटरसाइकलहरूको व्यापार मात्रै अर्बौँको छ । नेपालमा कम मूल्यमा सोरुम खोल्न पाइन्छ, अत्यन्तै कम भाडामा चलाउन सकिन्छ । यसको भरपूर लाभ भारतका व्यापारीले उठाइरहेका छन् ।

सरकारी जागिरमा पहिलाजस्तो नेपालीलाई अहिले अवसर छैन । सेनामा भर्ती लिने प्रक्रिया एउटा होला, तर अन्य सरकारी जागिरका लागि भारतमै जन्मेको वा बसोबास भएको हुनुपर्छ । अहिले त भारतीयहरूकै लागि पनि हरेक राज्यले सम्बन्धित राज्यमा जन्मेकाहरूलाई मात्रै जागिर दिने प्रावधान छ । जस्तो, मध्यप्रदेशमा जन्मेको भारतीयले उत्तरप्रदेशमा जागिर पाउँदैन । भारतीयहरूलाई नै यस्तो छ भने नेपालीले पाउने कुरा आएन । अब नेपालीहरूका लागि यो अवसर बन्द छ । भारतमा नेपालीलाई सम्पत्तिको अधिकार छैन । यहीँको निवासी हुनुपर्छ र यहाँको डकुमेन्ट चाहिन्छ, रासन कार्ड, बिजुलीको बिल तिरेको हुनुपर्छ । यहाँ बैंक खाता खोल्न पनि पाइँदैन । नेपालीलाई यो सारा सुविधा छ भन्ने भ्रम छ नेपालमा । यो सत्य होइन । गुडगावमा नेपालीहरूले सम्पत्ति किनेका छन्, तर उनीहरूको नाममा छैन, भारतमै बसेका भाइभतिजाहरूका नाममा होला । नेपालमै बसेकाहरूलाई यहाँ सम्पत्ति जोड्ने अधिकार छैन ।

तर, अर्कोतिर नेपाल भारतको ठूलो बजार हो । काँकडभिट्टादेखि दार्चुलासम्म नेपालीले सटर बनाइदिएका छन् । चेन्नेईका कम्पनीमा बनेका हुन्डाई मोर्टर, गुडगावका मारुतीहरू, हिरोहोन्डा मोटरसाइकलहरूको व्यापार मात्रै अर्बौँको छ । नेपालमा कम मूल्यमा सोरुम खोल्न पाइन्छ, अत्यन्तै कम भाडामा चलाउन सकिन्छ । यसको भरपूर लाभ भारतका व्यापारीले उठाइरहेका छन् । सामानको मात्र होइन, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतमा नेपालबाट अर्को पाँच हजार करोड रकम भारतले कमाइरहेको छ । यहाँका अस्पताल नेपालीहरूका कारण चलेका छन् । एकजना विज्ञले भन्दै थिए कि नेपालमा जति धान एक वर्षमा उत्पादन हुन्छ, त्यतिभन्दा धेरै नाफा भारतले महाकाली नदीको सिँचाइबाट उत्पादन हुने धानको बिक्रीबाट कमाइरहेको छ । भारतले एक लाख परिवारलाई वर्षमा एक हजार करोड रुपैयाँ पेन्सन बाँड्छ । यसबाहेक उसले वर्षमा नेपाललाई बाँड्ने अनुदान रकमसमेत हिसाब गर्दा उसलाई नेपालसँग आर्थिक रूपमा सात–आठ हजार करोड रुपैयाँ त वार्षिक नाफा नै भइरहेको छ ।

यसरी हेर्दा नेपालसँगको सम्बन्ध भारतलाई सधैँ नाफामा छ । हामी भारतले यसो गर्‍यो, उसो गर्‍यो भनेर मख्ख हुनुपर्ने कारण छैन । यसबाहेक उसले राजनीतिक, सामरिक रूपमा त नेपालबाट फाइदा लिएको नै छ । झन् पूर्वदेखि पश्चिमसम्म हाम्रा मानिसहरूले ल्याउने चिनी, साबुन, तेलको व्यापारको त कुनै हिसाब–किताब छैन । कम्तीमा पनि बिहार र उत्तरप्रदेशमा सीमा क्षेत्रको भारतीय अर्थतन्त्र नेपालबाट टिकेको छ । यसरी हेर्दा हामीले भारतलाई दिइरहेका छौँ, भारतबाट नेपाल ठगिएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}