|
|
डा. धनपति कोइराला । २०६७ सालमा नवलपरासी जिल्लाअन्तर्गत रजहरका बासिन्दाको अथक प्रयासमा प्राकृतिक चिकित्सालयको स्थापना भई सञ्चालनमा रहेको जानकारी त थियो तर त्यहाँ गएर उपचार लिने मन हुँदाहुँदै पनि कहिल्यै साइत जुरेको थिएन ।
मेरा गुरूपुत्र डा. विनोद पौडेलले पनि धेरैपटक आउन गरिरहेको आग्रहलाई पनि टारिरहेको थिएँ मैले । धेरै वर्षदेखिको मनको चाह पूरा गरेँ । यहाँ पुगेपछि यसबारे केही बुभ्mने प्रयत्न गरेँ । पुस्तक किनेँ र पढेँ पनि ।
त्यहीँ बसेर उपचार पनि लिएँ । तर, ज्ञानको अथाह सागरमा के जान्न सक्थेँ र ? मेरो मस्तिष्कले धेरै विषय ग्रहण गर्न नसके पनि यसको मह¤व र प्रभावलाई अनुभूति ग¥यो । देहले थोरै भए पनि आनन्दको अनुभूति ग¥यो । मानव देह पञ्चत¤वकै निर्मिति हो भन्ने तथ्य वैज्ञानिक रुपमै प्रमाणित छ ।
यसर्थ यो चिकित्सा पद्धति पनि पञ्चत¤वीय चिकित्सामा आधारित रहेछ । यस चिकित्सा पद्धतिले शरीरमा यिनै त¤वहरूको गडबडीका कारण नै रोग लाग्ने ठान्दो रहेछ । अझै खुलेरभन्दा यसले हाम्रो खानपान, आहारविहार, चिन्तन र जीवनशैलीलाई नै रोग लाग्नुको मूल कारण मान्दो रहेछ । र, यसैमा सुधार गरी निको तुल्याउने प्रयत्नसमेत गर्दो रहेछ ।
यसका साथै यसले रोगको प्रकृतिअनुसार योग, व्यायाम, अकुपंचर, अक काइरोप्राक्टिस, फिजियोथेरापी, मालिस विधिहरूको पनि उपयोग गर्ने प्रचलन रहेछ । बिना कुनै रसायन प्रकृतिबाट प्राप्त वस्तुकै माध्यमबाट उपचार गर्नु नै यसको खास विशेषता रहेछ ।
रोगलाई दवाएरमात्र नराखी त्यसलाई जरैबाट उखेलेर प्mयाँक्ने कार्य गर्दो रहेछ । बिहानको ब्रह्म मुहूर्तमा उठी नित्यकर्मपश्चात् सवा पाँच बजेबाट ७ बजेसम्म योगाभ्यास गर्ने नियमितता रहेछ । यसपछि ८ बजेसम्म लौका, गाजर, स्याउ, भुइँ स्याउ, अनार, अनारसआदि फल वा गहुँका जमरा, दुवोआदिको रस (जुस) पिउने समय निर्धारित गरिएको रहेछ ।
८ बजेदेखि १० बजेसम्म उपचार र यसपछि ११ बजेसम्म भोजनका लागि समय छुट्याइएको पाएँ । ११ बजेपछि २ बजेसम्म विश्राम, स्वाध्यायन गर्ने तथा २ बजेदेखि ३ बजेसम्म कुनै एक फलको रस लिने र ३ बजेदेखि साढे ५ बजेसम्म पुनः उपचार र सात बजेसम्म भोजन, यसपछि ८ बजेसम्म घुमघाम र आराम तथा यसपछि एक घण्टा सामूहिक भजन कीर्तन र यसपछि स्वाध्यायन वा विश्राम गर्ने दैनिकी बनाइएको रहेछ । यसमा महिला र पुरुष वार्डमा गरी जम्मा ७० बेडको व्यवस्था छ ।
साथै समूह (कमन रुम)मा र व्यक्तिगत (क्याविन रुम)मा बस्न चाहनेहरुका निम्ति अलग्गै व्यवस्था पनि गरिएको रहेछ । समूहमा बस्दा एकदिनको प्रतिबेड १ सय रुपैयाँ र क्याविनमा एकदिनको ५ सय रुपैयाँ निर्धारित गरिएको रहेछ । उपचारमा पानी र माटोको प्रयोग गरिँदो रहेछ । सहन सक्ने तातो, सामान्य चिसो र बरफ गरी पानीका तीन अवस्थाको उपयोग गरिँदो रहेछ । पहिले पाँच मिनेट तातो पानीमा गोडा डुबाउने र पछि उत्ति नै समय चिसो पानीमा डुबाउने गरिँदो रहेछ । यस्तोक्रम दुईपटक तातो पानीमा र दुईपटक चिसो पानीमा डुबाउनु पर्दोरहेछ ।
अर्कोदिन दश मिनेट तातो पानीमा र दश मिनेट चिसो पानीमा गरी दुई पटकमात्र जम्मा २० मिनेट जल उपचार गरिँदो रहेछ । अर्को दिन सहन सक्ने तातो पानीमा ५ मिनेट र यसपछि चिसो पानीमा उत्ति नै ५ मिनेट र पुनः यहीक्रम दोहो¥याएर अर्कोपटक गरी जम्मा २० मिनेट यस्तो उपचार गरिँदो रहेछ । अर्को दिन १० मिनेट तातो पानीमा मात्र खुट्टा डुबाएर राख्न लगाइँदो रहेछ । यस्तो जल उपचार रोग हेरी कुनै हुने, नहुने र दोहारिइरहने पनि गर्दोरहेछ ।
यी सबै जल उपचारका क्रममा अनिवार्य रूपमा शिरमा चिसो पानीको पट्टी राखिने रहेछ । यसो गर्नुको कारण मस्तिष्काघात नहोस् र चिसो तातोको तापक्रममा पनि शरीरमा सन्तुलन बनिरहोस् भन्ने मान्यता रहेछ । यस्तो जल उपचारपछि तुरुन्तै भिजाएको सेतो सुतीको पट्टी बाँधी यसमाथि बाक्लो उलनको पट्टी बाँधेर आधा घण्टा आराम गर्नुपर्ने रहेछ । यदि गोडाको जल उपचार गरिएको भए गोडामा र पिठ्युँको भए पिठ्युँमा पट्टी बाँध्नुपर्ने रहेछ । यस क्रियाले शरीरको मल शोषण गरी स्वस्थता प्रदान गर्ने मान्यता रहेछ ।
यस्तै एनिमा (पाइपको प्रयोग गरी अवस्था हेरी गुदद्वारबाट मन तातो पानी पठाउने र दिसा गराई आन्द्रा सफा गर्ने प्रविधि) क्रिया गर्नु अघि पेटमा र आँखामाथि कपडा वेष्टित माटोको चिसो पट्टी दिइने रहेछ । यस्तै रोग र रोगीको अवस्था हेरि जलनेती, सूत्रनेती र कुञ्जल क्रिया र शंख प्रक्षालन क्रिया गरिने रहेछ ।
बिहान र दिउँसोको समय मिलाएर कहिले भाइब्रेटिङ मेसिनद्वारा र कहिले तालिमप्राप्त स्वास्थ्य–कर्मीद्वारा तेल लगाई पूरा शरीरको मसाज पनि गरिँदो रहेछ । आवश्यकता हेरि विषादिरहित क्षेत्रबाट करिब पाँच फिटभन्दा मुनिको माटोलाई गिलो बनाएर कहिले शिरमा र कहिले पूरै शरीरमा लेपन गरी उपचार गर्ने पद्धतिले बाल्यकाल र युवाकालमा गरिएको बाउसे र धान रोपाइँको स्मरण गरायो । यस्तो उपचार खास रोग केन्द्रित हुने गर्दोरहेछ । खास रोग नभएका तर शारीरिक स्पूmर्ति र तन्दुरुस्ती (बडी सर्भिसिङ) प्राप्त गर्न गएकाहरूलाई भने सामान्यतया सबै विधि उपयोग गरी उपचार गरिँदो रहेछ । यो पद्धति आफैंमा प्रकृतिपरक हुँदोरहेछ । पथ्य र अपथ्यमाथि विशेष ध्यान राख्नु यसको खास विशेषता लाग्यो । यसका साथै नियमित योगाभ्यास र सकारात्मक चिन्तन यसको अर्को मह¤वपूर्ण पक्ष रहेको अनुभूति भयो ।
साथै तनावरहित रहनु र प्रकृतिका काखमा रम्न प्रेरित गर्नु पनि यसको छुट्टैपन रहेको अनुभूति भयो । खानामा सा¤िवक आहारलाई जोड दिनु, खानासँग नभई खाना लिनुभन्दा केही समयअघि नै सलाद (काँक्रा, गाजर, बन्दा, भुइँस्याउआदि) लिन सल्लाह दिनु, खाना खानुभन्दा कम्तीमा एकघण्टा अघि र खाना खाइसकेको एकघण्टापछि मात्र पानी पिउन सल्लाह दिनु, पानी पिउँदा घटघटी नपिई चिया पिएझैं विस्तारै चुस्की लिँदै पिउन सुझाव दिनु पनि यस पद्धतिको आप्mनै थप विशेषता भएको अनुभूति भयो ।
खास गरी लौकाको रस, लौकाकै तरकारी र गहुँको दलिया, चिनीको सट्टा सक्खर वा भेली, सेतो भातको सट्टा, ब्राउन राइस र मैदाको सट्टा चोकरसहितको गहुँ वा जौको पिठोको रोटी सेवन, सधैँ पाएसम्म हरियो ताजा साग खानका लागि प्रोत्साहित गर्ने कार्य यस पद्धतिका सकारात्मक पक्ष ठानेँ मैले ।
भोजनका रुपमा अन्नअनाजभन्दा तरकारी ज्यादा खानुपर्ने, मोही सेवन गर्नुपर्ने, सम्भव भएसम्म मौसम अनुकूलका फलहरु खानुपर्ने तथा रेसादार तरकारी सेवन गर्ने भन्ने सल्लाह निकै वैज्ञानिक तथा ऋषिकालीन युगलाई सम्झाउने खालको पनि लाग्यो । अग्र्यानिक प्रविधि अपनाएर त्यहीँ तरकारी उत्पादन गर्ने, जौँको जमरा उत्पादन गर्ने र गौपालन गरी स्वच्छ तथा ताजा दूध उपलब्ध गराउने व्यवस्था अनुकरणीय लाग्यो । वातानुकूलित अत्याधुनिक नयाँ भवन बन्नेक्रममा रहेकाले यसमा थुप्रै सुविधाहरु थपिएलान् ।
तर, यसमा आर्षकालीन भाँडावर्तनको उपयोग, दाउरा वा गुइँठाहरुको प्रयोग गरी प्राकृत रुपमा तयार पारिने भोजनको उपलब्धता, अग्र्यानिक खाद्यवस्तुहरुको सर्वसुलभ उपलब्धता, ध्यान गर्नका लागि व्यवस्थित रुपमा निर्मित फराकिलो प्राकृतिक बगैंचाहरुको व्यवस्थापन, त्यहाँ आउने बिरामीले कम्तीमा त्यहाँ रहँदासम्म काठको खराउ वा सिरुआदिबाट बुनेका चप्पल लगाउने व्यवस्था गर्नसके अझ सर्वसाधरणमा विश्वास जाग्ने र आकर्षण पनि बढ्ने थियो कि जस्तो लाग्यो मलाई ।
यसका कतिपय उपचार पद्धति हामीले जानी नजानी प्राकृतरूपमै उपयोग गरिरहेका हुँदा रहेछौँ जस्तो लाग्यो । शैशव कालमा आमाले शुद्ध तोरीको तेल तताएर गर्ने मालिस, व्रत उपवास, गुरूले दीक्षा दिएपछि गर्नुपर्ने मन्त्रोच्चारण र न्यासध्यान (पूरक, रेचक र कुम्भक)को अभ्यास, आहार–विहार तथा पथ्यापथ्य सेवनआदि ।
वस्तुतः यो उपचार लिइसकेपछि आलस्य, तन्द्रा, तनाव र बोझरहित बन्न सक्नु नै यसको निजी विशेषता रहेको अनुभूति भयो । माथि उद्धृत गरिएझैँ यसले रोगको उपचार त गर्दोरहेछ नै त्योभन्दा पनि रोगै लाग्न नदिने उपायहरू गरेर देखाइ भविष्यमा पनि यसलाई अवलम्वन गरी स्वस्थ र खुसी रहन प्रेरित गर्दोरहेछ भन्ने सार बोध भयो । यसले रोगको लक्षणको मात्र उपचार गर्ने होइन, रोगको कारणलाई नै ठीक पार्ने र मानिसमा रोग लाग्नै नदिने लागेका व्यक्तिहरूका रोगको उपचार गरी स्वस्थता प्रदान गर्ने पद्धति मलाई निकै विश्वसनीय पनि लाग्यो । चितवन पोष्टडा. धनपति कोइराला । २०६७ सालमा नवलपरासी जिल्लाअन्तर्गत रजहरका बासिन्दाको अथक प्रयासमा प्राकृतिक चिकित्सालयको स्थापना भई सञ्चालनमा रहेको जानकारी त थियो तर त्यहाँ गएर उपचार लिने मन हुँदाहुँदै पनि कहिल्यै साइत जुरेको थिएन ।
मेरा गुरूपुत्र डा. विनोद पौडेलले पनि धेरैपटक आउन गरिरहेको आग्रहलाई पनि टारिरहेको थिएँ मैले । धेरै वर्षदेखिको मनको चाह पूरा गरेँ । यहाँ पुगेपछि यसबारे केही बुभ्mने प्रयत्न गरेँ । पुस्तक किनेँ र पढेँ पनि ।
त्यहीँ बसेर उपचार पनि लिएँ । तर, ज्ञानको अथाह सागरमा के जान्न सक्थेँ र ? मेरो मस्तिष्कले धेरै विषय ग्रहण गर्न नसके पनि यसको मह¤व र प्रभावलाई अनुभूति ग¥यो । देहले थोरै भए पनि आनन्दको अनुभूति ग¥यो । मानव देह पञ्चत¤वकै निर्मिति हो भन्ने तथ्य वैज्ञानिक रुपमै प्रमाणित छ ।
यसर्थ यो चिकित्सा पद्धति पनि पञ्चत¤वीय चिकित्सामा आधारित रहेछ । यस चिकित्सा पद्धतिले शरीरमा यिनै त¤वहरूको गडबडीका कारण नै रोग लाग्ने ठान्दो रहेछ । अझै खुलेरभन्दा यसले हाम्रो खानपान, आहारविहार, चिन्तन र जीवनशैलीलाई नै रोग लाग्नुको मूल कारण मान्दो रहेछ । र, यसैमा सुधार गरी निको तुल्याउने प्रयत्नसमेत गर्दो रहेछ ।
यसका साथै यसले रोगको प्रकृतिअनुसार योग, व्यायाम, अकुपंचर, अक काइरोप्राक्टिस, फिजियोथेरापी, मालिस विधिहरूको पनि उपयोग गर्ने प्रचलन रहेछ । बिना कुनै रसायन प्रकृतिबाट प्राप्त वस्तुकै माध्यमबाट उपचार गर्नु नै यसको खास विशेषता रहेछ ।
रोगलाई दवाएरमात्र नराखी त्यसलाई जरैबाट उखेलेर प्mयाँक्ने कार्य गर्दो रहेछ । बिहानको ब्रह्म मुहूर्तमा उठी नित्यकर्मपश्चात् सवा पाँच बजेबाट ७ बजेसम्म योगाभ्यास गर्ने नियमितता रहेछ । यसपछि ८ बजेसम्म लौका, गाजर, स्याउ, भुइँ स्याउ, अनार, अनारसआदि फल वा गहुँका जमरा, दुवोआदिको रस (जुस) पिउने समय निर्धारित गरिएको रहेछ ।
८ बजेदेखि १० बजेसम्म उपचार र यसपछि ११ बजेसम्म भोजनका लागि समय छुट्याइएको पाएँ । ११ बजेपछि २ बजेसम्म विश्राम, स्वाध्यायन गर्ने तथा २ बजेदेखि ३ बजेसम्म कुनै एक फलको रस लिने र ३ बजेदेखि साढे ५ बजेसम्म पुनः उपचार र सात बजेसम्म भोजन, यसपछि ८ बजेसम्म घुमघाम र आराम तथा यसपछि एक घण्टा सामूहिक भजन कीर्तन र यसपछि स्वाध्यायन वा विश्राम गर्ने दैनिकी बनाइएको रहेछ । यसमा महिला र पुरुष वार्डमा गरी जम्मा ७० बेडको व्यवस्था छ ।
साथै समूह (कमन रुम)मा र व्यक्तिगत (क्याविन रुम)मा बस्न चाहनेहरुका निम्ति अलग्गै व्यवस्था पनि गरिएको रहेछ । समूहमा बस्दा एकदिनको प्रतिबेड १ सय रुपैयाँ र क्याविनमा एकदिनको ५ सय रुपैयाँ निर्धारित गरिएको रहेछ । उपचारमा पानी र माटोको प्रयोग गरिँदो रहेछ । सहन सक्ने तातो, सामान्य चिसो र बरफ गरी पानीका तीन अवस्थाको उपयोग गरिँदो रहेछ । पहिले पाँच मिनेट तातो पानीमा गोडा डुबाउने र पछि उत्ति नै समय चिसो पानीमा डुबाउने गरिँदो रहेछ । यस्तोक्रम दुईपटक तातो पानीमा र दुईपटक चिसो पानीमा डुबाउनु पर्दोरहेछ ।
अर्कोदिन दश मिनेट तातो पानीमा र दश मिनेट चिसो पानीमा गरी दुई पटकमात्र जम्मा २० मिनेट जल उपचार गरिँदो रहेछ । अर्को दिन सहन सक्ने तातो पानीमा ५ मिनेट र यसपछि चिसो पानीमा उत्ति नै ५ मिनेट र पुनः यहीक्रम दोहो¥याएर अर्कोपटक गरी जम्मा २० मिनेट यस्तो उपचार गरिँदो रहेछ । अर्को दिन १० मिनेट तातो पानीमा मात्र खुट्टा डुबाएर राख्न लगाइँदो रहेछ । यस्तो जल उपचार रोग हेरी कुनै हुने, नहुने र दोहारिइरहने पनि गर्दोरहेछ ।
यी सबै जल उपचारका क्रममा अनिवार्य रूपमा शिरमा चिसो पानीको पट्टी राखिने रहेछ । यसो गर्नुको कारण मस्तिष्काघात नहोस् र चिसो तातोको तापक्रममा पनि शरीरमा सन्तुलन बनिरहोस् भन्ने मान्यता रहेछ । यस्तो जल उपचारपछि तुरुन्तै भिजाएको सेतो सुतीको पट्टी बाँधी यसमाथि बाक्लो उलनको पट्टी बाँधेर आधा घण्टा आराम गर्नुपर्ने रहेछ । यदि गोडाको जल उपचार गरिएको भए गोडामा र पिठ्युँको भए पिठ्युँमा पट्टी बाँध्नुपर्ने रहेछ । यस क्रियाले शरीरको मल शोषण गरी स्वस्थता प्रदान गर्ने मान्यता रहेछ ।
यस्तै एनिमा (पाइपको प्रयोग गरी अवस्था हेरी गुदद्वारबाट मन तातो पानी पठाउने र दिसा गराई आन्द्रा सफा गर्ने प्रविधि) क्रिया गर्नु अघि पेटमा र आँखामाथि कपडा वेष्टित माटोको चिसो पट्टी दिइने रहेछ । यस्तै रोग र रोगीको अवस्था हेरि जलनेती, सूत्रनेती र कुञ्जल क्रिया र शंख प्रक्षालन क्रिया गरिने रहेछ ।
बिहान र दिउँसोको समय मिलाएर कहिले भाइब्रेटिङ मेसिनद्वारा र कहिले तालिमप्राप्त स्वास्थ्य–कर्मीद्वारा तेल लगाई पूरा शरीरको मसाज पनि गरिँदो रहेछ । आवश्यकता हेरि विषादिरहित क्षेत्रबाट करिब पाँच फिटभन्दा मुनिको माटोलाई गिलो बनाएर कहिले शिरमा र कहिले पूरै शरीरमा लेपन गरी उपचार गर्ने पद्धतिले बाल्यकाल र युवाकालमा गरिएको बाउसे र धान रोपाइँको स्मरण गरायो । यस्तो उपचार खास रोग केन्द्रित हुने गर्दोरहेछ । खास रोग नभएका तर शारीरिक स्पूmर्ति र तन्दुरुस्ती (बडी सर्भिसिङ) प्राप्त गर्न गएकाहरूलाई भने सामान्यतया सबै विधि उपयोग गरी उपचार गरिँदो रहेछ । यो पद्धति आफैंमा प्रकृतिपरक हुँदोरहेछ । पथ्य र अपथ्यमाथि विशेष ध्यान राख्नु यसको खास विशेषता लाग्यो । यसका साथै नियमित योगाभ्यास र सकारात्मक चिन्तन यसको अर्को मह¤वपूर्ण पक्ष रहेको अनुभूति भयो ।
साथै तनावरहित रहनु र प्रकृतिका काखमा रम्न प्रेरित गर्नु पनि यसको छुट्टैपन रहेको अनुभूति भयो । खानामा सा¤िवक आहारलाई जोड दिनु, खानासँग नभई खाना लिनुभन्दा केही समयअघि नै सलाद (काँक्रा, गाजर, बन्दा, भुइँस्याउआदि) लिन सल्लाह दिनु, खाना खानुभन्दा कम्तीमा एकघण्टा अघि र खाना खाइसकेको एकघण्टापछि मात्र पानी पिउन सल्लाह दिनु, पानी पिउँदा घटघटी नपिई चिया पिएझैं विस्तारै चुस्की लिँदै पिउन सुझाव दिनु पनि यस पद्धतिको आप्mनै थप विशेषता भएको अनुभूति भयो ।
खास गरी लौकाको रस, लौकाकै तरकारी र गहुँको दलिया, चिनीको सट्टा सक्खर वा भेली, सेतो भातको सट्टा, ब्राउन राइस र मैदाको सट्टा चोकरसहितको गहुँ वा जौको पिठोको रोटी सेवन, सधैँ पाएसम्म हरियो ताजा साग खानका लागि प्रोत्साहित गर्ने कार्य यस पद्धतिका सकारात्मक पक्ष ठानेँ मैले ।
भोजनका रुपमा अन्नअनाजभन्दा तरकारी ज्यादा खानुपर्ने, मोही सेवन गर्नुपर्ने, सम्भव भएसम्म मौसम अनुकूलका फलहरु खानुपर्ने तथा रेसादार तरकारी सेवन गर्ने भन्ने सल्लाह निकै वैज्ञानिक तथा ऋषिकालीन युगलाई सम्झाउने खालको पनि लाग्यो । अग्र्यानिक प्रविधि अपनाएर त्यहीँ तरकारी उत्पादन गर्ने, जौँको जमरा उत्पादन गर्ने र गौपालन गरी स्वच्छ तथा ताजा दूध उपलब्ध गराउने व्यवस्था अनुकरणीय लाग्यो । वातानुकूलित अत्याधुनिक नयाँ भवन बन्नेक्रममा रहेकाले यसमा थुप्रै सुविधाहरु थपिएलान् ।
तर, यसमा आर्षकालीन भाँडावर्तनको उपयोग, दाउरा वा गुइँठाहरुको प्रयोग गरी प्राकृत रुपमा तयार पारिने भोजनको उपलब्धता, अग्र्यानिक खाद्यवस्तुहरुको सर्वसुलभ उपलब्धता, ध्यान गर्नका लागि व्यवस्थित रुपमा निर्मित फराकिलो प्राकृतिक बगैंचाहरुको व्यवस्थापन, त्यहाँ आउने बिरामीले कम्तीमा त्यहाँ रहँदासम्म काठको खराउ वा सिरुआदिबाट बुनेका चप्पल लगाउने व्यवस्था गर्नसके अझ सर्वसाधरणमा विश्वास जाग्ने र आकर्षण पनि बढ्ने थियो कि जस्तो लाग्यो मलाई ।
यसका कतिपय उपचार पद्धति हामीले जानी नजानी प्राकृतरूपमै उपयोग गरिरहेका हुँदा रहेछौँ जस्तो लाग्यो । शैशव कालमा आमाले शुद्ध तोरीको तेल तताएर गर्ने मालिस, व्रत उपवास, गुरूले दीक्षा दिएपछि गर्नुपर्ने मन्त्रोच्चारण र न्यासध्यान (पूरक, रेचक र कुम्भक)को अभ्यास, आहार–विहार तथा पथ्यापथ्य सेवनआदि ।
वस्तुतः यो उपचार लिइसकेपछि आलस्य, तन्द्रा, तनाव र बोझरहित बन्न सक्नु नै यसको निजी विशेषता रहेको अनुभूति भयो । माथि उद्धृत गरिएझैँ यसले रोगको उपचार त गर्दोरहेछ नै त्योभन्दा पनि रोगै लाग्न नदिने उपायहरू गरेर देखाइ भविष्यमा पनि यसलाई अवलम्वन गरी स्वस्थ र खुसी रहन प्रेरित गर्दोरहेछ भन्ने सार बोध भयो । यसले रोगको लक्षणको मात्र उपचार गर्ने होइन, रोगको कारणलाई नै ठीक पार्ने र मानिसमा रोग लाग्नै नदिने लागेका व्यक्तिहरूका रोगको उपचार गरी स्वस्थता प्रदान गर्ने पद्धति मलाई निकै विश्वसनीय पनि लाग्यो । चितवन पोष्ट

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |