Home » » थायराइड स्वस्थ राख्ने उपाय

थायराइड स्वस्थ राख्ने उपाय

शरीर स्वस्थ रहन हर्मोनको सन्तुलन अत्यावश्यक छ । हर्मोनको मात्रात्मक सन्तुलन र सक्रियताले शरीर ऊर्जावान रहन्छ, निद्रा राम्रोसँग लाग्छ, वेचैनी हट्छ र अन्य कैयौँ सकारात्मक प्रभाव पर्दछ । शरीरमा हर्मोन उत्पादन र सन्तुलनमा प्रमुख भूमिका खेल्ने एक ग्रन्थी हो, थायराइड । यो ग्रन्थीको बढी वा कम सक्रियताले शरीरमा विकार उत्पन्न गर्दछ । चिकित्साशास्त्रमा थायराइड ग्रन्थी बढी सक्रिय भएको अवस्थालाई हाइपरथायराडिज्म र कम सक्रिय भएको अवस्थालाई हाइपोथायराडिज्म भनी व्याख्या गरिएको छ ।

हाइपोथाइराडिज्मको अवस्थामा थायराइड हर्मोन रगतमा निकै कम हुन्छ । थायराइड ग्रन्थीले शरीरमा पौष्टिक वस्तुको मेटाबोलिज्मलाई नियमन गर्ने हर्मोनहरू उत्पादन गर्छ । थायराइडले थोरै हर्मोनहरू उत्पादन गर्दा शरीरको मेटाबोलिज्म सुस्त हुनजान्छ । जसले गर्दा रगतबाट कोलेस्टेरोल हटाउने शरीरको क्षमतामा सोभैm असर पर्छ । यसैले रक्तनलीहरूमा कोलेस्टेरोल जम्मा हुन थाल्छ, विशेषगरी मुटु वरीपरी कोलेस्टेरोल जम्मा हुन्छ । हाइपोथायराडिज्म अवस्था सिर्जना हुनुमा शरीरमा आयोडिनको अपर्याप्तता एक प्रमुख कारण हुन्छ । आहारामा यस खनिज तìवको न्यून मात्रा नहोस भनी नुनमा आयोडिन मिसाउने गरिन्छ । आयोडिन चाँडै नष्ट हुने भएकाले शरीरमा यसको यथेष्ट मात्रा बनाइराख्न होस पु¥याउनु जरुरी छ । नुनबाहेक पनि खाद्य वस्तुबाट हामीले आयोडिन प्राप्त गर्न सक्छौँ । ती खाद्य वस्तु हुन्ः
१. क्रानवेरी (करौँदा)। ४. अण्डा ।
२. आलु । ५. स्याउ ।
३. भोटे नुन ।
यसबाहेक नरिवलको तेलबाट मिल्ने चिल्लो लाभदायक हुन्छ । पाचन प्रणालीलाई सफा राख्ने खाद्य वस्तुबाट समेत थायराइडलाई फाइदा पुग्छ ।
यस्तै, हाइपोथायराडिज्म भएको भए केही खाद्य वस्तु सकभर नखानु वेश हुन्छ । विशेषगरी, गोइट्रोजिनहरू भएका खाद्य वस्तुबाट दुष्प्रभाव पर्दछ । थायराइड हर्मोन उत्पादनमा अवरोध ल्याउने पोषण विरोधी तìवको रूपमा परिचित गोइट्रोजिनहरू प्राकृतिक रूपमै केही खाद्य वस्तुमा उपस्थित रहन्छन् । त्यसैले हाइपोथायराडिज्म छ भने निम्न खाद्य वस्तुबाट बच्ने प्रयास गर्नु बुद्धिमानी हुन्छः
१. मकै ।
२. काँचो काउली, ब्रोकाउली, बन्दा, पालुङ्गो ।
३. तोरी, बदाम, कोदो ।
४. स्ट्रबेरी र आरु ।
तर, काउली वर्गमा पर्ने तरकारीहरूलाई पकाएर खान सकिन्छ । पकाएमा गोइट्रोजिनहरू निष्क्रिय हुन्छन् । यस अतिरिक्त, प्रशोधित खाद्य वस्तु, ग्लुटेन भएको पिठो, केफिन र अल्कोहल उपभोग नगर्नु राम्रो । हाइपोथायराडिज्म भएको अवस्थामा विकीरणबाट पनि बच्न सुझाव दिइएको छ । सिजियम–१३७ तथा वाइफाइ, मोबाइल फोन, टेलिभिजन, कम्प्युटर, माइक्रोवेव र चिकित्सा उपकरणबाट निस्कने विद्युत् चुम्बकीय विकीरणले सबैलाई हानि पु¥याउने भए पनि थायराइडमा समस्या भएकाहरूलाई झनै खतरा हुन्छ ।
यसैगरी, मानव निर्मित हर्मोनहरूलाई थायराइड समस्या ल्याउनमा दोषी मानिएको छ । कृत्रिम रसायनमा आधारित एस्ट्रोजिनले शरीरमा हर्मोन सन्तुलन बिगार्छ । प्लास्टिक, बट्टाबन्द खाद्य वस्तु, सौन्दर्य प्रशाधनका सामग्री, कृषिमा प्रयोग हुने रसायनहरूले हाम्रो शरीरमा हर्मोन सन्तुलन बिगार्ने गर्छन् । अमेरिकाको प्रख्यात मेयो क्लिनिकले अनुसन्धानबाट कोलेस्टेरोल बृद्धिमा समेत हाइपोथायराडिज्मको भूमिका रहने जनाएको छ । आहारामा समावेश मासुजन्य तथा बोसोयुक्त वस्तु नराम्रो कोलेस्टेरोल वृद्धिमा जिम्मेवार हुन्छन्, यसमा चिकित्सा क्षेत्र एक मत छ तर, थायराइडमा आउने विकार, हाइपोथाइरोइडिज्मले समेत कोलेस्टेरोल बढाइरहेको प्रति चिकित्सकहरू सचेत हुनुपर्ने भनाइ अमेरिकाको नेसनल कोलेस्टेरोल एजुकेसन प्रोग्रामको छ ।
थायराइडले राम्रोसँग काम नगरेका मानिसमा नराम्रो कोलेस्टेरोल (एलडीएल) वृद्धिको सम्भावना रहन्छ र यसले मुटु रोगको खतरा बढाउँछ । थायराइड केही कमजोर भएको छ र वास्तविक हाइपोथायराडिज्मको अवस्था छैन भने पनि कोलेस्टेरोलको मात्रा बढेर तपाइँँको मुटु राम्रोसँग रगत पम्प गर्न नसक्ने हुनसक्छ । हाइपोथायराडिज्मले मुटु पैmलने र हृदयघातको सम्भावना रहन्छ ।
केही सुझावः
१. आयोडिनः आहाराबाट हामी आयोडिनको मात्रा बढाउन सक्छौँ । आयोडिनले थायराइडलाई स्वस्थ राख्छ । दही, अन्डा, माछा, मूला, आलु, केरा आदिमा आयोडिन पाइन्छ ।
२. सेलेनियमः हाइपोथायराडिज्म भएका धेरै जसो मान्छेमा सेलेनियमको कमी पाइएको छ । सेलेनियमको कमी भएमा थायराइड हर्मोनको सक्रियता कम हुन्छ ।
३. टायरोसिनः टायरोसिन एक एमिनो एसिड हो । आयोडिनबाट थायराइड हर्मोन बनाउन शरीरलाई यसको आवश्यकता पर्छ । एजेन्सी

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}