
|
|
काठमाडौं, १६ पुस । विहीबार विहान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको फोनवार्ताको पहल नेपालबाटै भएको खुलेको छ । फोनवार्तापछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले टेलिफोन गरी मोदीलाई पछिल्लो अवस्थाबारे ‘विफ्रिङ’ गरेको जनाएको छ ।
‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेर नेपालको राजनीतिक अवस्था र प्रगतिबारे ‘ब्रिफ’ गर्नुभयो ।’ मोदीले नेपालमा भइरहेको राजनीतिक समस्याको सहमतिका आधारमा दिगो समाधान निकाल्ने कुरामा जोड दिएको विदेश मन्त्रालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीको सचिवालयले फोन मोदीले गरेको भनेर सूचना सार्वजनिक गरेको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

