
|
|
जायज मागमा आन्दोलनरत पक्ष पनि गम्भीर बन्नुपर्ने
काठमाडौं, १६ पुस । भारतले नेपाललाई हिन्दूराष्ट्र बनाउन दबाब दिएको खुलासा भएको छ । संविधान जारी हुनुभन्दा पहिला नेपाली नेताहरुलाई बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संस्थापन पक्षले नेपाल हिन्दूराष्ट्र नै हुनुपर्ने अडान राखेको खुलासा भएको हो । मोदीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई संविधान जारी हुनुअघि दिल्ली भ्रमणमा बोलाएका थिए । संविधान जारी भएको तीन महिनापछि कांग्रेस वरिष्ठ नेता देउवाले यस्तो खुलासा गरेका हुन् ।
भारतले हिन्दूराष्ट्र कायम गर्न आफूलाई पटक पटक दबाब दिएको तर धर्मनिरपेक्षता भएपछि केही असन्तुष्ट भएको बताए । ‘हिन्दूराज्यको कुरा गरेकै हो, तर संविधानसभामा बहुमत पुर्याउनुपर्छ भनेको थिएँ,’ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग खुलासा गर्दै देउबाले भने- ‘कांग्रेस मात्रले बहुमत नपुग्ने परिस्थिति थियो ।’ धर्मनिरपेक्षता भएपछि भारत असन्तुष्ट भएको उनको भनाई थियो । नेता देउवाले मधेसको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग काँग्रेसको सकारात्मक कुरा भएकाले जायज मागमा आन्दोलनरत पक्ष पनि गम्भीर बन्नुपर्ने बताए । उनले अन्तरिम संविधानबाट पाएका अधिकार राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागिता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने विषयमा कुरा गर्न पार्टी तयार रहेको उनले जानकारी दिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

