Home » » आजको राशिफल

आजको राशिफल

वि.सं. २०७२ साल मंसिर २४ गते। बिहीबार। इश्वी सन् २०१५ डिसेम्बर १० तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– चतुर्दशी, १५:०३ बजेउप्रान्त औंसी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रयत्न गर्दैमा समय मात्र बित्नेछ, काम भने अधुरै रहने देखिन्छ। समस्या थपिने सम्भावना छ। सानातिना समस्यामै अल्झनुपर्ने समय छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। पठनपाठनमा समय दिन नसकिएला। व्यावसायिक काम बिग्रनाले अलि अप्ठ्यारोमा परिनेछ। प्रतिकूल परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम वा मित्रताको बन्धन कसिने सम्भावना छ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तापनि काममा सहयोग जुट्नेछ। आयआर्जन पनि राम्रै हुनेछ। कामबाट फुर्सद मिल्नुका साथै कार्यक्रममा सहभागी बन्ने अवसर प्राप्त हुन सक्छ। यात्रा गर्ने अवसर जुट्नेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiहठ गर्ने बानीले समस्या निम्त्याए पनि सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोला, धैर्यसाथ लगनशील बन्दा स्थितिमा सुधार आउन सक्छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoढिलासुस्तीले काम बिग्रन सक्छ। अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउने सम्भावना देखिन्छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। अरूको सुझावप्रति शंका उब्जने समय छ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। परिवारमा आमाको सहयोगबाट काम बन्न सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकाम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusखर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्न सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ उठाउन सकिनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने अवसर प्राप्त हुनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesश्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती आइलाग्नन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}