Home » » नेपालबाट मधेस टुक्राउन तराईमा सीके राउतको अर्काे अभियान

नेपालबाट मधेस टुक्राउन तराईमा सीके राउतको अर्काे अभियान

सिरहा, १४ पुस । पृथकतावादीका रुपमा चिनिएका सीके राउतले नेपालबाट मधेसलाई अलग गर्न अर्काे नयाँ अभियान चलाएका छन् । तराई–मधेसमा मधेस आन्दोलन चर्किरेहका बेला स्वतन्त्र मधेसको अभियान चलाइरहेका राउतले मधेस देशको स्थापनाका लागि भन्दै जनमत संग्रहदेखि युवा दस्ता तयार गर्ने अभियानको सुरुवात गरेका हुन् । आफ्नो अभियानलाई मधेसका जिल्लाहरुमा तीव्रताका साथ अगाडि बढाइरहेका राउतको उक्त गतिविधीबारे स्थानीय प्रशासन भने अनविज्ञ छ । 

यसअघि रेडियोमा अन्तरवार्ता दिँदा दिँदै राउतलाई पक्राउ गरेको प्रशासन अहिले अलग राज्यका लागि सार्वजनिक कार्यक्रम गर्दा पनि मुकदर्शक बनेको हो भर्खरै मात्र उनले ‘मधेश देश’का लागि सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा जनमत संग्रह गरिरहेका छन् भने युवा दस्तालाई प्रशिक्षण दिइरहेका छन् । जनमत संग्रहमा अधिकांश जनता मधेस देशको पक्षमा रहेको समेत उनको दाबी छ । उनले आफ्नो टुविट्रमार्फत मधेस टुक्राउने प्रमाण पनि सार्वजनिक गरेका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}