
|
|
बागलुङ—लामो समयदेखि बागलुङ बजारमा खुलम खुला रुपमा भएको कालो बजारीमा मौन बसेको स्थानीय प्रहरी प्रशासनले भारतसँगका नाका सहज हुन थाले पछि आफ्नो सक्रियता बढाएको छ ।
भारतले लगाएको नाकाबन्दीको समयमा बजार मूल्य भन्दा अत्याधिक मूल्यमा पेट्रोलिय पदार्थ बिक्री गरेको आरोपमा बागलुङका तीन स्थानमा प्रहरीले छापा मारेको हो । महंगो मूल्यमा पेट्रोलिय पदार्थ बिक्री गरेको आरोपमा बागलुङ बजारका तीन स्थानमा छापा मारेर दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तिनीहरुले पेट्रोल ३ सय देखि ३सय ५० रुपैयाँ लिटरमा बिक्री गरेको गुनासो आए पछि छापा मारेको प्रहरीले जनाएको छ । पेट्रोलीयम पर्दाथमा कालोबजारी गरीरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजारको ओशाका होटल, बागलुङ नगरपालिकाको श्रीनगर टोलमा रहेको होमनाथ सापकोटाको डेरा र रुपन्देही घर भई बागलुङ नगरपालिका—३ बस्ने रेश्मा खातुनको पसलमा छापा मारेको थियो ।सापकोटा एमालेका जिल्ला सदस्य तथा निर्माण व्यवसायी हुन् भने श्रेष्ठ होटल व्यवसायी र खातुन मासु व्यवसायी हुन् । यस अघि पेट्रोलिय पदार्थको कारोबार नगर्ने गरेको भए पनि भारतको नाकावन्दी पछि छिटो समय
सो क्रममा होमनाथ सापकोटाको डेरामा पेट्रोलियम पदार्थ फेला नपरेको प्रहरीले जनाएको छ । अन्य दुई ओशाका होटलका राजन श्रेष्ठ र रेश्मा खातुनलाई आगामि दिनमा कालो बजारी गरेको भेटिए कारबाही गर्ने सर्तमा छाडेको जिल्ला प्रहरी कार्यालय,बागलुङका प्रहरी नायब उपरिक्षक चक्र बहादुर सिंहले बताउनु भयो ।
त्यस क्रममा होटल ओसकामा अन्दाजी ४ सय लिटर टिजल तथा पेट्रोल फेला पारेका भए पनी सापकोटाको डेराबाट भने केही नभेटीएको प्रहरीले जनाएको छ । होटल ओसाकामा फेला पारीएको पेट्रोलीएम पर्दाथको बिषयमा अनुशन्धान भैरहेको डिएसपी सिंहले जानकारी दिनुभयो ।
साथै पेट्रोलीयम पदार्थको उपलब्धता सहज हुदै गइरहेको बेलामा पनी कालोबजारी नरोकीएकाले प्रहरीले अनुशन्धान सुरु गरेको सिंहले जानकारी दिनुभयो । लामो समयदेखी बजारमा कालोबजारी बढीरहदा मौन देखीएको प्रहरी प्रशासन इन्धन आयात केही सहज हुन थालेपछी भने कालेबजारी नियन्त्रणमा लागेको छ । बागलुङ बजारका धेरै ठाउबाट लुकाइ छिपाइ महंगो मुल्य पेट्रोलीयमा पदार्थको बिक्रीबितरण हुदै आएको स्थानीयहरु बताउँछन् ।
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

