Home » » हरियो लसुनको पात खादा फाईदै फाइदा

हरियो लसुनको पात खादा फाईदै फाइदा

लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ ।
लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् :

लसुनका पात खानाले सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ ।
लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ ।
लसुनको पातमा प्रसस्त्रै आइरन तत्व पाइनछ । त्यसकारण रक्तअल्पता भएकाहरुले लसुनको पातको नियमित सेवन गर्न लाभदायी हुन्छ ।
लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ ।
लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ ।
लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ । साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ ।
त्यसैले लसुनको केश्रा मात्र होइन हरियो पात समेत तरकारी बजारबाट किनेर नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}