
|
|
‘संघीयता हाम्रा लागि नयाँ विषय हो’, उहाँले भन्नुभयो, ‘सीमाङ्कन अनुभवका आधारमा परिवर्तन गरिँदै जानुपर्छ ।’ सांसद महतले मधेसी मोर्चालाई सीमानाकामा नबस्न आग्रह पनि गर्नुभयो । एमालेका सांसद शेरबहादुर तामाङले हिमाल, पहाडमा बस्ने जनता, जनता होइनन् भन्ने मान्यता बोक्ने दलहरूका अभिव्यक्ति जायज नरहेको बताउनुभयो । उहाँले तराई मधेसमा बस्ने मात्रै जनता हुन् भन्ने मान्यता आफूहरूलाई कदापि मान्न तयार नरहेको बताउनुभयो । ‘भूगोल मधेसमा बस्नेहरूका लागि मात्रै हो भन्ने कुरा हामी मान्न बाध्य छैनौँ’, सांसद तामाङले भन्नुभयो, ‘सिट संख्या दिँदा सबैलाई बराबर दिनपर्छ । केही मान्छेले नारावाजी गर्दैमा जनताको प्रतिनिधित्व हुन्छकि हुँदैन बुझ्नु पर्छ ।ण्द्दज्ञड उहाँले भन्नुभयो, ‘नवलपरासी, सुनसरी, झापा र मोरङका जनताले के चाहन्छन् बुझ्नुपर्छ ।
जसले जे मन लग्यो त्यो गर्ने हो भने यसरी सहमतिको ठाउँमा पुग्दैनौँ ।’ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्रकुमार चौधरीले राजनीतिक सहमतिका आधारबाट संविधान संशोधनलाई टुङ्गाउनु पर्ने बताउनुभयो । उहाँले संविधान संशोधनको प्रस्ताव अपूर्ण रहेको भन्दै सीमाङ्कनको विषय पनि ल्याउनु पर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘फोरम लोकतान्त्रिक सरकारमा छ भन्दैमा यो संशोधनलाई समर्थन गर्छ भन्ने छैन । यसमा राजनीतिक सहमति जुटाउनु पर्छ ।’ सांसद चौधरीले मधेसी र थारुको मागलाई छिटो सम्वाद र सम्वादमार्फत सम्बोधन गर्नुपर्ने बताउनुभयो । कांग्रेसका सांसद रामहरि खतिवडाले निर्वाचन क्षेत्र बनाउँदा जनसंख्या र भूगोललाई उत्तकै स्थान दिनुपर्ने बताउनुभयो । ‘भूगोलका आधार नमान्ने हाम्रा केही साथीहरूको माग जायज छैन’, उहाँले भन्नुभयो, ‘पहाडका कतिपय क्षेत्र घुम्न तीनदेखि पाँच दिनसम्म लाग्छ । सबैलाई बराबरी अधिकार चाहिन्छ ।’ उहाँले मधेसी मोर्चालाई लैनचौर सीमानाकामा नबस्न आग्रह गर्दै वार्ता र सम्वादमा आउन सुझाव दिनुभयो । संसदमा संविधान संशोधनमाथिको सैद्धान्तिक छलफल चलिरहेका बेला मधेसी र थारु सांसदहरूले नाराबाजी र अबरोध गरिरहेका थिए । उनीहरूको अबरोध र नारावाजीका बीच सदन चलेको छ । मधेसी मोर्चाले जनसंख्यालाई मात्रै आधार बनाएर निर्वाचन क्षेत्र बनाउन माग गर्दै आएको छ । तर यो मागलाई कांग्रेस, एमाओवादी, एमालेसहितका दलहरूले बिरोध गर्दै जनसंख्या र भूगोलका अधारमा निर्वाचन क्षेत्र बनाउन संशोधन प्रस्ताव सदनमा पेस भएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

