
|
|
काठमाडौं, १५ पुष । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वार्ता र सम्वादबाटै मुलुकमा देखिएको समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मरणमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आन्दोलनरत पक्षहरुको माग संविधान संशोधन गरेर पूरा गर्न आफ्नो पार्टी लागि रहेको जानकारी दिए ।
विद्यमान समस्याको हल गरेर मुलुकलाई निकास दिनु पर्ने भन्दै उनले आसन्न आफ्नो पार्टीको महाधिवेशनले पार्टीलाई थप जीवन्त दिने विश्वास व्यक्त गरे ।
स्वर्गीय भट्टराईलाई स्मरण गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले एक सुन्दरीको प्रसङ्ग उल्लेख गर्दा सहभागीहरुमा हाँसो छुटेको थियो । उनले भट्टराईलाई निडर र दृढ अध्यात्मिक नेताका रुपमा सम्झिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
