
|
|
काठमाडौं, १४ पुस । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाका सहयोगीहरुका कारण केन्द्रीय सदस्यदेखि साधारण कार्यकर्ताले समेत दुःख पाउने गरेको गुनासाहरु झन् बढेर आउने गरेका छन् । अविवाहित त्यसमा पनि वृद्ध कोइरालाको निजी सचिवालयले राजनीतिक र प्रशासनिक रुपमा काम गर्न नसक्दा कांग्रेसका नेता तथा कार्यकर्ताले दुःख पाएको गुनासो बढेको हो । सभापति कोइराला अहिले कांग्रेसका केन्द्रीय सदस्य एवम् विपी कोइरालाका पुत्र डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्दै आएका छन् । दोस्रो तलामा आफ्नो बासस्थान बनाएका कोइराला कमै मात्र तल्लो तलामा झर्ने गरेको स्रोतको भनाइ छ । चिसोका कारण सभापति कोइराला आफू बस्ने कोठा र बैठक कक्षभन्दा बाहिर निस्कदैनन् । सभापति कोइरालालाई सहयोग गर्न भतिजा अतुल कोइराला, मृदुला कोइराला, सागर खनाल र मोहन आचार्य (सुरक्षा निकायका इनिस्पेक्टर) महाराजगञ्ज निवासमा सक्रिय छन् । कोइरालाको गृह जिल्ला बाँकेका कांग्रेस नेता हुर्मत न्यौपाने भने आजकाल महाराजगञ्जमा भेटिदैनन् । गलत कार्य गरेको भन्दै न्यौपानेलाई मृदुला र मोहन आचार्यले महाराजगञ्जमा प्रवेश निषेध गरेको स्रोतको भनाइ छ । सुशील कोइरालाका सहयोगीमध्ये मृदुला कोइराला अमेरिकाको पिआर लिएकी महिला हुन् ।
उनको सबै परिवार अमेरिकामा घर बनाएर बस्दै आएको छ । कहिले काठमाडौं त कहीले अमेरिका बस्दै आएकी मृदुलाले नै सभापति कोइरालाको सबै काम हेर्ने गरेको स्रोतको भनाइ छ । कोइराला प्रधानमन्त्री भएका बेला ठेकेदारदेखि तस्करसम्मलाई भेट्ने र मोलमोलाइ गरी रकम उठाउने काममा मृदुला र सागर खनाल सक्रिय रहेको आरोप थियो । त्यो कार्यलाई मुदुला र सागरको जोडीले अहिले पनि निरन्तरता दिँदै आएको बछ । मृदुला र सागरको धेरै त्यस्ता घटना बाहिर आएपछि कोइरालाले झपारेको स्रोतले जनाएको छ ।
तर मृदुला कोइरालाको गलत कार्य र नेता तथा कार्यकर्तासँग भेट गर्न नदिने कार्यशैलीको जानकारी हुँदाहुँदै पनि सभापति कोइरालाले किन हो मृदुला र सागरलाई सचिवालयबाट निकाल्न सकेका छैनन् रहस्य बनेको छ । यतिसम्मकि मृदुलाले आफूलाई मन नपरेका कांग्रेसका केन्द्रीय सदस्यहरुलाई सभापति कोइरालासँग भेट गर्न नदिने गरेको आरोप छ । पार्टी कार्यालय नजाने सभापति कोइरालालाई भेट्न नेता तथा कार्यकर्ता महाराजगञ्ज जाने गरेका छन् । तर मृदुलासहित सागर खनाल र मोहन आचार्य मिलेर सबैलाई भेटघाट गर्नबाट रोक्ने गरेका छन् । कांग्रेसको महाधिवेशन नजिकिँदै छ । महाधिवेशनका विषयमा छलफल गर्न आउने जिल्ला सभापतिहरुलाई उनीहरुले रोक्ने गरेको कोइराला निकटका एक केन्द्रीय सदस्यले बताए । युवा नेता समेत रहेका ती केन्द्रीय सदस्यले भने, ‘सुरक्षा निकायको इनिस्पेक्टर, अमेरिकाको पिआर लिएकी महिला, ठेकेदारहरुको दलाललाई सचिवालयमा राखेर सभापति कोइरालाको कहिल्यै उद्धार हुँदैन । यस्तो सचिवालयले राजनीति हुँदैन । कांग्रेसलाई बेफाइदा पुग्छ ।’
धादिङ माइत भएकी नेविसंघ नेतृ उर्मिला थपलियालाई विहे गरेका मोहन आचार्य कुनै सुरक्षा निकायमा कार्यरत व्यक्ति हुन् । कोइरालाका तत्कालीन सहयोगी लक्ष्मण ढकालको पालादेखि काम गर्दै आएका मोहनले आजकाल महाराजगञ्जमा सबैभन्दा धेरै हालिमुहाली गर्ने गरेका छन् । कोइराला निवासमा उनको गतिविधि अत्यन्तै संकास्पद हुने गरेको एक कांग्रेस नेताले बताए । कोइरालाका सहयोगीमध्येका अर्का व्यक्ति जो चर्चित छन् उनी हुन्, सागर खनाल । कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यका आफन्त पर्ने सागर खनाल पैसा उठाउने, ठेक्का पट्टा मिलाइदिनेदेखि सवरुवा बढुवासम्म सक्रिय छन् । उनको काम भनेका सेटिङ मिलाएर पैसा खाने तथा सभापति कोइरालालाई बद्नाम गर्ने रहेको छ । कोइरालाका कुरा नरहरि आचार्यसम्म पुगाउने उनको दैनिकी हो ।
कोइरालाका सहयोगी एवम् भतिजा अतुल कोइराला राजनीतिक संस्कार नभएको व्यक्तिको आरोप छ । अतुललाई कोइरालालाई भेट्न आउने व्यक्तिलाई नचिन्ने, सहज रुपमा भेट्न नदिने, फोन नउठाउने आदि कार्य गरेको आरोप छ । अतुल नेता तथा कार्यकर्ता र पत्रकारसँग राम्रोसँग घुलमिल गर्न नसकेका कारण कोइरालाका गलत समाचार बाहिरिने गरका छन् । आफू बिरामी परेका बेला भाञ्जी बुहारी प्रभा भण्डारीलाई अमेरिका लगेका सभापति कोइरालाले उनलाई उतै छाडेर आएको रहस्य खुलेको छ । प्रभा भण्डारी अहिलेसम्म नेपाल फिर्ता भएकी छैनिन् । मृदुलासँग झगडा परेपछि कोइरालासँग टाढिएकी प्रभा अमेरिकामा बस्दै आएकी छिन् । कोइराला प्रधानमन्त्री बनेका बेला कसले राम्रो स्याहार सुसार गर्ने भन्दै मृदुला र प्रभावबीच झण्डै हातहालाहाल भएको थियो । मृदुलाकै कारण प्रभाले बालुवाटारमा राम्रोसँग काम गर्न सकेकी थिइनन् । आफ्ना भाञ्जा रमेश भण्डारीको घरमा बस्ने इच्छा गरेका कोइरालालाई मृदुलाले नै जान नदिइ महाराजगञ्जमा पुगाएको आरोप छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

