
|
|
काठमाडौं, १३ पुस । गृहमन्त्री शक्ति बस्नेतले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि नेपाल प्रहरीले आक्रमण नगरेको दाबी गर्नुभएको छ । शनिबार विराटनगर–जोगवनी नाकाका धर्ना दिने क्रममा झडप हुँदा महतो घाइते हुनुभएको थियो । सोमबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीलाई घटनाबारे जानकारी गराउँदै गृहमन्त्री बस्नेतले महतोसहितका नेताहरू जोगवनीबाट नाराबाजी गर्दै विराटनगरको रानी भन्सार नाकामा आएको र प्रहरीले पटक–पटक चेतावनी दिँदा पनि नहटेको बताउनुभयो ।
आयोग स्रोतका अनुसार प्रदर्शनका क्रममा केही आन्दोलनकारी भारततर्फ गएर नेपाली सुरक्षाकर्मीलाई ढुंगा हानेको र त्यस क्रममा भारतीय सुरक्षाकर्मीले पनि लाठीचार्ज गरेको दाबी पनि उहाँले गर्नुभएको थियो । ‘अधिकांश आन्दोलनकारी नेपालतर्फ थिए भने केहीले भारतीय भूमि जोगवनीतर्फ गएर नेपालतर्फ ढुंगा हानेका थिए’ बस्नेतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘पछि महतो घाइते भएको भन्दै भारततर्फबाट एम्बुलेन्समा ल्याइयो । महतो आन्दोलनकारीले हानेको ढुंगा लागेर घाइते हुनुभएको हो कि भारतीय प्रहरीको लाठी लागेर अझै खुल्न बाँकी छ । तर, नेपाल प्रहरीले आक्रमण गरेको छैन् ।’ उहाँले गृहमन्त्रीले महतोको स्वास्थ्य अवस्था अहिले गम्भीर नरहेको दाबी गर्नुभयो । गत शनिबार विराटनगरस्थित रानी भन्सार कार्यालय नजिक प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा महतो घाइते हुनुभएको थियो । घटनाबारे आजै गृहमन्त्री बस्नेतले व्यवस्थापिका संसदलाई समेत जानकारी गराउनुभएको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

