
|
|
एजेन्सी– मृत्युदण्ड पाएका एक व्यक्तिले आफ्नी जन्मदिने आमालाई सम्बोधन गरि लेखेको पत्र सामाजिक संजालमा भाइरल बनेको छ । लामो समय जेलमा रहेको ति व्यक्तिले मृत्यु दण्ड पाउनुअघि सो पत्र आफ्नी आमाको नाममा लखेको उल्लेख छ । पत्रमा लेखिएको छ ।
आमा, यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने म मात्र नभएर हामी दुवैजनालाई मृत्यु दण्ड दिइनु पर्छ ।
मैले जुन किसिमको जीवन अंगाले त्यसमा तिम्रो पनि त्यतिकै दोष छ । मैले एकजना म जस्तै केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ रु
बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई सहयोग गरेकी थियौँ । मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ रु
त्यो पैसा लिएर मसँगै तिमी पनि शपिंग मल गएकी थियौँ । मैले बाबुसँग झगडा गरेको पनि तिमीलाई याद होला । उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिए ।
सुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ । त्यसपछि म फटाह किशोरमा परिणत भए अहिले म असाध्यै बिक्रित ब्यक्ति भाएको छु ।
आमा, म त त्यतिबेला बच्चै थिए म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ । जे हुनु भैगयो तिमीलाई माफ दिन्छु संसारभरिकै आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु । जसका कारण सबैलाई थाहा होस् सही र गलत भनेको शिक्षा हो । आमा तिमीलाई धन्यावाद मलाई जीवन दिएकोमा र त्यसलाई गुमाउने बाटो देखाएकोमा ।
डेली मेलका अनुसार यस चिठ्ठीमा कसैको नाम र मिति लेखिएको छैन । तर, यसले अहिले संसारभर तहल्का मच्याएको छ । यो सुरुमा कसैको फेसबुकमा घेटिएको र त्यहीबाट फाइरल भएको हो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

