
|
|
वाशिंगटन डिसी –वाशिंगटन डिसी अत्याधिक अपराधिक गतिबिधिमा पहिलो १० औ स्थानमा पर्दैन । बरु, अमेरिकाको अपराधिक गतिबिधि हुने महानगरीमा २९ औ स्थानमा पर्दछ । यस क्षेत्रमा मुख्यतः अफ्रिकन अमेरिकन (अस्वेत ) समुहहरु सक्रिय छन् ।ujyal
नेपाली मुलका नागरिक कैयो पटक यस्ता गतिबिधिका सिकार भएका छन् । यस्तै शिकारबाट बाल बाल बच्न सफल भएका डिसी महानगर क्षेत्रमा बसोबास गर्ने काठमाडौँका कराते खेलाडी उज्वल ठकुरीलाई डिसी महानगर क्षेत्रको आर्लिंगटन प्रहरी बिभागले सम्मान गरेको छ ।
उनले पटक पटक अदम्य साहस ,आँट तथा बहादुरी देखाई डिसी महानगर क्षेत्रमा रहेका अस्वेत जातिका लुटेराहरुलाई समाउन प्रहरी समक्ष बयान ,भिडन्त तथा अदालतमा उपस्थिति भै अन्य जानकारी दिएकोले उनलाई सम्मान पत्र दिइएको हो ।
ठकुरी देशको नाम राख्ने खेलाडी मात्र नभई उनको बहादुरीको चर्चा परिचर्चा अमेरिकाको डिसी महानगर क्षेत्रको प्रहरी विभागमा पनि हुन् थालेको छ ।
एक कुसल कराते खेलाडी उनले नेपालीहरु पनि साहसी ,आँटी तथा बहादुर हुदा रहेछन भनि प्रमाणीत अमेरिकामा गरि दिएका छन् ।
उनले ५ बर्ष अगाडी सन् २०१० मा भर्जि्नियामा एक महिलाले संचार उपकरण लिएर हिडी रहेको समयमा ३ जना अफ्रिकन अमेरिकन गाडी बाट उत्री आक्रमण गरि समान लुटेर जाने क्रममा संयोग बस सितारियो खेलाडी ठकुरीले देखेपछि प्रतिकार गरेर प्रहरीलाई बुझाइदिएका थिए ।
यस्तै गरि दोस्रो पटक सन् २०१२ फेबु्रअरीमा उनले यस्तै साहस प्रदर्शन गरेका थिए । यस्तै तेस्रो खतरनाक आक्रमण जुलाई २०१४ मा आफु संग घट्न गएको उनले बताए । घटना डिसी को युनियन स्टेसनमा रातिको समयमा घटेको बताउँदै उनले काला जातिका लुटेराले सांघातिक हमला गर्दा झन्डै ज्यान गएको अनुभव सुनाए । उनले भने, ‘कालाजातीका दुई जना लुटेरा मध्ये एउटाले पछाडीबाट चालक बस्ने ठाउँमा आफुले बाधेको पेटीले घाँटी थिच्यो र अर्को अगाडिकोले चक्कु प्रहार गर्यो, धन्य मैले रोक्न सफल हुँदा केहि हुन पाएन ।’
अमेरिकामा अधिकांस पिडित र लुटिएका मानिस अदालतमा बयान दिदैनन
लुटिए पछि आफ्नो ज्यानको सुरक्षाको कारण अधिकांस पिडितहरुले अदालत जान अप्ठ्यारो मान्ने गरेको देखिएको छ । अपराधी गतिबिधिका मुद्धा मामलामा धेरै जसो अगाडी बढ्न चाहदैनन् किनभने समय कम ,काममा व्यस्तको साथै जीवन भर दुस्मनी मोल्नु भन्दा मुद्धा नै दायर तर्फ लाग्दैनन् । अदालतमा बयान गर्न जाने तरखर गर्दा धेरैको हत्या लुटेराले गर्ने गरेका छन् । टेक्सासमा केहि बर्ष अगाडी एक बिद्यार्थीले पनि अदालतमा बयान दिन जाने तयार भए पछि उनलाई गोलि हानि हत्या गरिएको थियो । प्रत्यक्षदर्र्शी भए पनि नदेखेको गरि हिडने गर्दछन । नदुखेको टाउको दुखाउन मानिस चाहदैनन् ।
यस्तो अवस्थामा प्रवासीहरु झन् संलग्न हुन् चाहदैनन् । तर आँटी र साहसी उज्ज्वल ठकुरी अपबाद बने । ठुलो मुद्धा मामला भएकोले प्रहरीले ठकुरीलाई २ पटक सोधेको बताए । यस्तो मामलामा अदालतमा आउने र बयान दिने लाई लुटेराले दागा धर्ने र हत्या समेत गर्ने भएकोले २ पटक सोच्न मौका दिएको बताए ।
र, राम्रो संग सोचे पछि ठकुरीले प्रहरीलाई भने, ‘ मारे राम्रो काम गरेर मरिन्छ , म नेपाली हु र नेपालको नाम राखेर मर्छु तर त्यो अपराधीलाई छोडीदैन ।’
ठकुरीको अदालतमा गएको सहयोगले २ वटा अपराधी समातिए। एक जनालाई १५ र अर्को लाई २० बर्ष कैद गरि सकेको छ ।
ठकुरीले यस्तो सहयोग गरेको कारण प्रहरीले सम्मान गरेको हो । ठाकुरले आफु अदालतमा जाने भए पछि अरु पिडितहरु पनि अदालतमा उपस्थित भएको बताए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

