Home » » मोबाइल बनाउन आएकी बालिका बलात्कार गर्ने व्यापारी पक्राउ

मोबाइल बनाउन आएकी बालिका बलात्कार गर्ने व्यापारी पक्राउ

भीमदत्तनगर, १५ पुस । चौध वर्षीया बालिकालाई सामुदायिक वनमा लगेर जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले आज साँझ एक व्यापारीलाई पक्राउ गरेको छ । गत शुक्रबार मोबाइल पसलमा मोबाइल बनाउन आएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झलारी पिपलाडी नगरपालिका–१ बन्साहस्थित मनिष मोबाइल ग्यालरीका सञ्चालक देवबहादुर साउदलाई नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले मोबाइल पसल सञ्चालक २७ वर्षीय साउदले गाउँमै रहेको सामुदायिक वनमा बालिकालाई लगेर बलात्कार गरेको बताउनुभयो । बालिकाका आफन्तले प्रहरीमा दिएको उजुरीका आधारमा साउदलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बुझाएको प्रहरी निरीक्षक रावलले बताउनुभयो । स्थानीय स्रोतका अनुसार बालिका गत पुस १० गते बिग्रिएको मोबाइल मर्मतका लागि साउदको पसलमा पुगेकी थिइन् । बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिसकेको र बिहीबार अभियुक्त साउदविरुद्ध मुद्दा दायर हुने प्रहरीले जनाएको छ । रासस

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}