
|
|
काठमाडौं, १५ पुस । प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर भारतमा सनसनी मच्चिएको छ । पहिला भारत भ्रमण गर्ने परम्परा तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएपछि राजधानी नयाँ दिल्लीको राजनीतिक बजार गर्माएको हो । यो खबरलाई भारतीय मिडियाहरुले पनि प्राथमिकता दिँदै विभिन्न खाले टिप्पणी गरेका छन् । उनीहरुले नेपालका प्रधानमन्त्री केपी ओलीले भारतलाई ‘लोप्पा’ देखाएको र भारतको अपमान गरेको लेखेका छन् । भारतीय संस्थापन पक्षको भनेर चिनिने पत्रिका नवभारत टाइम्सले लेखेको छ- के नेपालका प्रधानमन्त्रीले भारतको अपमान गरेका हुन् ?
पहिला चीन भ्रमणमा जाँदैछन् भनेर लेखेको छ । उसले विगतमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको परम्परा तोडेको भन्दै ओलीले पनि त्यो परम्परा तोडेर भारतको अपमान गर्नतिर लागेको लेखेको हो । नेपालका अधिकांश प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुने गरेको पनि समाचारमा उल्लेख छ । परराष्ट्रमन्त्री कमल थापाको भनाई राख्दै समाचारमा भनिएको छ- नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतभन्दा पहिला चीनको भ्रमण गर्दैछन् । उनी २०१६ को पहिलो हप्ताभित्रै चीन जाँदैछन् । समाचार अनुसार चीनले नेपाललाई थप १४ लाख लिटर इन्धन दिने निर्णयमा पनि असन्तुष्टि जनाएको छ । प्रधानमन्त्रीकै भ्रमणमा चीनसँग थुप्रै सहमति हुँदैछन् जसले भारतको बजार नेपालबाट विस्थापित हुनेछ । त्यसकारण पनि भारत प्रधानमन्त्री ओली चीन भ्रमण नजाउन भन्ने चाहन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

