Home » » नेपाल-भारत सीमाका १ सय ६८ वटा सीमास्तम्भ गायब, सीमा मिच्दै भारत

नेपाल-भारत सीमाका १ सय ६८ वटा सीमास्तम्भ गायब, सीमा मिच्दै भारत


भारतको विहार राज्य किसनगन्ज जिल्लासँग जोडिएका सीमा क्षेत्रका एक सय ६८ वटा साना ठूला सीमास्तम्भ हराएका छन् । नेपाल र भारत संयुक्त सीमा टोलीले गरेको दुई साताको स्थलगत निरीक्षणका क्रममा सीमा स्तम्भ हराएको भेटिएको हो । टोलीले मोरङको सीमावर्ती क्षेत्रदेखि झापाको १०१ नम्बर पिलरसम्मको स्थलगत अध्ययन गरेको थियो । 

यसै साता भएको निरीक्षणका क्रममा सीमा स्तम्भ हराएका, भाँचिएका र दबीएका पाइएको नापी विभागले जनाएको छ । नापी विभागका प्रमुख अधिकृत सुशील डंगोलले दुर्इ साता लामो स्थलगत निरीक्षणका क्रममा एक सय ६८ वटा सीमा पिलर हराएको र मर्मत गर्न समेत नमिल्ने गरी भाँचिएको अवस्थामा फेला परेको बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}