
|
|
बैदेशिक रोजगारमा गएका महिलाको अवस्था चिन्ताजनक
– राजकुमार ओली
विर्तामोड, ३ पुस । बैदेशिक रोजगारको क्रममा विदेश गएका महिलाको अवस्था चिन्ताजनक रहेको पाइएको छ ।
दक्षिण कोरियामा विवाह गरि गएका नेपाली चेलीको अवस्था दर्दनाक रहेको झापा मिलन समाज कोरियाका पूर्व अध्यक्ष मीनप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।
मेरिज व्युरोले नेपाली चेलीलाई प्रलोभनमा पारी कोरियनबाट मोटो रुपैयाँ लिइ कोरिया पठाउने गरेको जानकारी दिदै उप्रेतीले हालसम्म कोरियामा ७ सय धेरै चेलीहरु गएको र गएकामध्ये ९८ प्रतिशतको अवस्था दर्दनाक रहेको बताउनुभयो ।
नेपाली महिलाहरुले कोरियामा रामै्र आम्दानी गर्न सकिने मिठो सपना देख्ने गरेको तर कोरियामा नेपाली चेलीहरुलाई सन्तान जन्माउने मेशिनको रुपमा प्रयोग गर्ने गरेको उप्रेतीको अनुभव छ । आफूहरुले कोरियामा विचल्लीमा परेकालाई उद्दार जारी राखिएको तर कोरियामा रहेको नेपाली दूतावासले कुनै सहयोग नगरेको उप्रेतीको गुनासो छ ।
पोल्टिकल ड्यामोक्रेटिभ एलायन्स पार्टी कोरियाका राज्य समिति सदस्य यज्ञराज सुवेदीले समेत यस्ता गतिविधी गर्ने उपर कडा कारवाइको माग गरिरहे पनि नेपाली चेलीहरु नै आफूहरुको सम्पर्कमा नआइपुगेको कारणले समेत उनीहरुले निकै चुनौती खेप्दै आएको र केहीलाई भने उद्दार गरि कारियाको कार्ड समेत बनाउन सकिएको बताउनुभयो ।
हालसम्म कोरियामा ७ सय बढी नेपाली महिलासहित ३५ हजार बढी नेपाली कार्यरत छन् । कोरिया मात्रै होइन अफ्रीका, चीन, ताइवान लगायतका देशमा समेत मेरिज व्युरोको माध्यमबाट ठगिने गरेको र विचल्लीमा पर्दे आएको पाइएको छ ।
बैदेशिक रोजगारमा जाने महिलाको आर्कषण बढेको त छ तर गैरकानुनी बाटो हुँदै जानेको संख्या ह्वात्तै बढेकोले पनि विकराल समस्या आएको बैदेशिक रोजगार व्यावसायी सघले जनाएको छ । एकातिर सरकारले बैदेशिक रोजगारमा नेपाली महिलाको विषयमा स्पष्ट कानुनको व्यावस्था नगरिएका कारणले पनि समस्या विकराल बन्दै गएको बैदेशिक रोजगार व्यावसायी सघ झापाका अध्यक्ष भानु सिवाकोटीले बताउनुभयो ।
बैदेशिक रोजगारमा जानेले पनि नजिकको चिनेजानेको मेनपावरबाट वुझेर, श्रम कार्यालय र श्रम कार्यलयसँग सम्वन्धित सस्थाहरुसँग जानकारी लिएर मात्रै बैदेशिक यात्रामा जानुपर्नेमा, हालसम्म सबैले यस्तो गर्न नसकेको कारणले असजिलो अवस्थामा परेको, ज्यान गएको पाइएको शिवाकोटीले जानकारी दिदै बेरोजगारको कारणले नेपाली चेलीहरु ठगिदै गएको र अब सरकारले समेत सजिलो गरि बैदेशिक रोजगारमा जान सकिने कानुनी बाटोको लडाइ गरिरहेको बताउनुभयो ।
बैदेशिक रोजगारको प्रलोभनमा पर्दै हजारौ नेपाली चेलीहरु विदेशमा विचल्लीमा पर्दै आएको छन् । नेपाल सरकारले बैदेशिक रोजगार ऐन २०६४ ले समेत यस्ता गतिविधी गर्ने र गैरकानुनी तरिकाले बैदेशिक रोजगारमा पठाउनेलाई कडा कारवाइको व्यवस्था गरेको छ तर, हालसम्म यस्तो कारवाही नभएको पाइएको छ । यो विषयमा सरकारले कडा कदम चाल्नुको विकल्प नभएको सरोकारवाला बताउँछन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

