
|
|
मंसिर १९, काठमाडौं ।
प्रमुख ३ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज बार्ता हुने भएको छ । मधेस समस्या समाधानका लागि प्रमुख ३ दलले तयार पारेको ३ बुँदे साझा प्रस्तावका बिषयमा मोर्चाका शिर्ष नेताहरुबीच बार्ता हुन लागेको हो । समय र स्थान तय भइनसकेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्हसम्म बालुवाटारमा ३ दल र मोर्चाबीचको बैठक बोलाउने तयारी गर्नुभएको छ ।
छलफलका लागी हिजो बोलाइएपनि मोर्चाका नेताहरु बालुवाटार नगएर भारतीय दुतावासमा राजदुतसंगको छलफलमा व्यस्त भएपछि ३ दलसंग हुने भनिएको वार्ता स्थगित भएको थियो ।
मोर्चामा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आज प्रमुख ३ दलसंग वार्तामा बस्ने बताउनुभयो । ३ दलका तर्फबाट वार्ताको मिति र समयबारे जानकारी नआएपनि दिउँसोसम्म वार्ता हुने कर्णको भनाई छ ।
३ दलीय वार्ता छलेर लैनचौरस्थित भारतीय दुतावासमा पुगेका मोर्चा नेताहरु भोली दिल्ली जाने भएकाले आज ३ दलसंग छलफल गर्ने तयारी रहेको बताइएको छ । मोर्चा नेताहरुलाई भारतीय दुतावासले दिल्ली भेटवार्ताका लागि आजै औपचारिक पत्र बुझाउने तयारी गरेको स्रोतले जनाएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

