Home » » बिराटनगर र अमलेखगञ्ज डिपो इन्धनले भरिए

बिराटनगर र अमलेखगञ्ज डिपो इन्धनले भरिए

बिनोद भण्डारी, बिराटनगर ।
नेपाल आयल निगमको विराटनगर र अमलेखगञ्ज डिपोको भण्डारण क्षमता इन्धनले भरिएको खुलेको छ । भारतको अघोषित नाकाबन्दीपछि आयात भएको पेट्रोलिमय पदार्थ मध्ये ६० प्रतिशत राजधानी पठाउनु पर्ने गृहमन्त्रालयको बाध्यकारी निर्देशनको पालना गर्दै मेचीवाट हिडेका आठवटा पेट्रोलियम बोकेका ट्यांकर मध्ये २ वटालाई विराटनगर र अमलेखगञ्ज डिपोले भण्डारण क्षमता भरिएको भन्दै पोखरा डिपोमा पठाएपछि यसको रहस्य खुलेको हो ।
पूर्वाञ्चल ट्यांकर सञ्चालक इकाईका उपाध्यक्ष तोकप्रसाद दुलालका अनुसार काठमाडौंका लागि पेट्रोलियम पदार्थ लिएर विहीवार मेचीवाट हिडेका ८ वटा ट्यांकर मध्ये विराटनगर डिपोले तिनवटालाई खाली गरेर थियो भने ५ वटालाई अमलेखगञ्ज पठायो ।

काठमाण्डौकालागि विराटनगर डिपो सम्म इन्धन लिएर हिडेका ८ मध्ये ना ४ ख ३९०३ र ५०८२ नम्बरका ट्यांकर पोखरा डिपोका लागि छुटेका छन् । पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका अध्यक्ष लय भण्डारीले काकडभिट्टाबाट पठाइएका पेट्रोलीयम पदार्थ बोकेका ट्यांकरलाई विराटनगर र अमलेखगञ्ज डिपोले भण्डारण क्षमता भरिएको भन्दै पोखरा पठाउनु रहस्यमय भएको बताउनुभयो । सोबारे विराटनगर डिपोका अधिकारीसँग सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।
भारतको अघोषित नाकाबन्दीपछि काँकरभिट्टा र जोगबनी नाकावाटमात्र पेट्रोलियम पदार्थ भित्रदै आएको छ । भण्डारीले भन्नुभयो, 'हामीले यहाँका उपभोक्तालाई अभावमै राखेर आयातीत मध्ये ६० प्रतिशत काठमाण्डौ पठाएका छौ । विराटनगर र अमलेखगञ्ज दुवै डिपोको भण्डारण क्षमता भरिएको हो भने सर्वसाधारण उपभोक्तालाई किन दुख दिने ?'

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}