Home » » के तपाईको घाटी सधै खराब हुन्छ, दुख्छ? यसो गर्नुस

के तपाईको घाटी सधै खराब हुन्छ, दुख्छ? यसो गर्नुस

के तपाईंको घाटिमा हमेशा खराश रहन्छ ? यो मौशम परिवर्तनको असर् हो भनेर वा खान पानमा आएको परिवर्तनको असर् भनेर नबस्नुहोस् । गलाको खराश टन्सिल वा गलाको गम्भिर समस्या पनि हुन सक्छ । कसरी बच्ने यसबाट ? यो पढ्नुहोस् | मौसमको बदलाव संगै गलामा हल्का खरास हुनु वा गलमा तिखो घोचाइ महसुश हुनु सामान्य कुरा हो । यो अवस्थामा गलामा खिच खिच हुनु र बोल्नमा समस्या हुनु सामान्य हो । भाईरस वा ब्यक्टेरिय को करणले यो समस्या देखिन्छ । कहिले कही एलर्जी र धुमपानको करणले पनि गलामा खराश हुन्छ । यस्ता धेरै समस्याहरु आँफै समाधान हुन्छन तर केही यस्ता जिद्दी समस्या हुन्छन जो सजिलै जादैनन । त्यस्ता समस्यालाई राम्रो इलाजको जरुरी हुन्छ । आमरुपमा मानिशहरू गलाको खराशलाई त्यती ध्यान दिदैनन र लापरबाही गर्छन् तर यो समस्या त्यती सजिलो छैन र राम्रो उपचार गरिएन भने गम्भिर समस्या निम्त्याउन सक्छ । गलामा आउने खराश गलको इन्फेक्सन हो । जसमा गलामा कर्कश आवाज आउने, हल्का कासो लाग्ने र हल्का ज्वरो आउने, टाउको दुख्ने, गला दुख्ने जस्ता लक्षण देखिन्छन ।

हाम्रो गलामा दुबैतर्फ टन्सिल हुन्छ जसले धुलो, ब्यक्टेरिया र भाईरशलाई गलामा जानबाट रोक्ने काम गर्छ । तर कहिले कही यो आँफै इन्फेक्टेड हुन्छ र आफ्नो काम गर्न सक्दैन । जसलाई टॉन्सिलाइटिस भनिन्छ । जसमा घाटी भित्र दुबैतर्फ टॉन्सिल्स गुलाबी वा रातो हुन्छ । इन्फेक्सन हुँदा यिनिहरु अली ठुला र अली बढी राता हुन्छन । कहिले कही यसमा सेतो कत्ला जस्तो पनि देखिन सक्छ । सधरणतया यो समस्या उचित देखभाल र एन्टिबायोटिकले निको हुन्छ तर स्ट्रेप्टोकॉक्कस हिमोलिटीकस नामक भाईरसको करणले यो समस्या देखियो भने अलिक गम्भिर हुन्छ । तव यो संक्रमण ह्रीदय र गुदामा पनि फैलिन्छ र गम्भिर हुन्छ । यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । गलामा आराम मिल्छ ।

अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा अधिक आराम मिल्छ । यसमा जीवाणुरोधक गुण पनि हुन्छ र यो चिया नियमित रुपमा सेवान गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खराश हराएर जान्छ ।
धुमपान र ज्यादा मसालेदार खानादेखी टाढै रहनुहोस् ।
खानामा बिशेष साबधानी आपनाउनुहोस् । फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नुहोस् । सधैं मनतातो पानी पिउने गर्नुहोस् । त्यसमा अदुवाको धुलो हल्का मिसाउने र ताजा कागतीको रस १,२ थोपा मिलाउनाले अधिक आरमा मिल्छ । सावधानि नै यो समस्याको मुल हल हो ।
सधैं धुलो, धुवा र चिसो बाट बच्नुहोस् , राम्रो मास्कको प्रयोग गर्नुहोस् । समस्या देखिनासाथ तुरन्त चिकित्कसको सल्लाहा लिनुहोस्

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}