Home » » कहिले थामिन्छ ईश्वरीको आँसु ?

कहिले थामिन्छ ईश्वरीको आँसु ?

‘मेरो भाग्यमा दुःखैदुःख लेखेको रहेछ, हरदिन दुःखलाई बोकेर बाँचेकी छु । भैँसी, बाख्रा कराइरहन्छन् । तिनीहरूलाई घाँसपानी दिएर एकछिन निदाउन खोज्छु, निन्द्रै लाग्दैन,’ ईश्वरीले पीडा पोखिन् ।
१२ वैशाखको विनाशकारी भूकम्पले ईश्वरीको वर्षौंदेखिको बास मात्रै ढालेन, जन्मदिने बाबुआमा पनि चटक्क चुँडेर लग्यो ।
बुधबार सिन्धुपाल्चोकको साँगाचोक–६ स्थित रानाथोकमा पुग्दा ईश्वरी रानामगर जस्ताको टहरोबाहिर टोलाइरहेकी थिइन् । राज्य सञ्चालनको जिम्मा लिएकालाई भूकम्पको कथा पुरानोजस्तो लागे पनि दर्जनौँ ईश्वरीहरूका लागि १२ वैशाख कहिल्यै निको नहुने घाउ बनेको छ । बर्खामास र चिसोयामले त्यही घाउमा नुनचुक छरेर जान्छ । यो पुस–माघको ठिहीले आजभोलि उनको मुटु कमाउन थालेको छ ।

ईश्वरी २६ वर्षकी भइन् । भूकम्पले बा–आमालाई चुँडेर नलगेको भए, आज उनको घरजम हुन्थ्यो होला । तर आज उनी यत्ति ठूलो बोझले थलिएकी छिन्, उनको बोझको कथा सुन्दा आङ जिरिंग हुन्छ ।
बा–आमाको मृत्युपछि घरको सम्पूर्ण जिम्मा उनको काँधमा आएको छ । आफूभन्दा मुनिका दुई भाइ र एउटी बैनीको रेखदेख, पालनपोषण र बिहेबारी अब उनैले गरिदिनुपर्नेछ । आफ्नो बिहेबारी र घरजमको त अहिले कुरै भएन ।
‘एउटा भाइ पोखराको होटलमा काम गरेर ज्यान पाल्दै छ, कान्छो काठमाडौंमा भाषा सिक्न थालेको छ,’ ईश्वरीले भनिन्, ‘बैनी (इन्दिरा राना) ब्युटिपार्लरको तालिम लिँदै छ ।’
भाषा पढ्न थालेको भाइ नवीन राना र बैनी इन्दिराको ब्युटिपार्लरसम्बन्धी तालिमका लागि लाग्ने पैसा र काठमाडौंमा उनीहरूका लागि आवश्यक खर्च ईश्वरीले जसरी पनि जुटाउनुपर्छ । ठूलो भाइ विनोदले सामान्य सहयोग गरे पनि अवस्था सोचेजस्तो सहज छैन ।

‘के गर्ने मर्ने मरेर गए, बाँच्नेले नखाई नहुनी, दुई–चारवटा बाख्रा, एउटा भैँसी पालेकी छे ।’ काकी विष्णु कुमारीले थपिन्, ‘गरिखानु परिहाल्यो, अस्ति दुईवटा सुँगुरका पाठा पनि थपेकी छे ।’

‘खर्चपर्च कसरी चलेको छ ?’ संवाददाताको प्रश्नसँगै खसेको आँसु पुछ्दै ईश्वरीले भनिन्, ‘खर्चको मात्र के कुरा ? जिन्दगी नै कसरी चलेको छ भन्नै नसक्ने अवस्थामा छु ।’
ईश्वरीका बाबु रामबहादुर राना बिरामी थिए । औषधि खाएर बार्दलीमा बसेको बेला एक्कासि धर्ती हल्लिँदा उनीसँगै श्रीमती मैयाँ पनि एकै ठाउँमा पुरिइन् । त्यही दिनदेखि सुरु भएको ईश्वरीको दुःखको सबै कथा उतार्ने हो भने एउटा पुस्तक नै तयार हुन्छ ।

ठूलीआमा कृष्णमाया थप्छिन्, ‘के गर्ने मर्ने मरेर गए, बाँच्नेले नखाई नहुनी, दुई–चारवटा बाख्रा, एउटा भैँसी पालेकी छे ।’ काकी विष्णु कुमारीले थपिन्, ‘गरिखानु परिहाल्यो, अस्ति दुईवटा सुँगुरका पाठा पनि थपेकी छे ।’
बा–आमाको काजकिरिया खर्च र जस्तापाता किन्न भन्दै सरकारले दिएको १५ हजार रुपैयाँ पाए पनि उनका लागि त्यो रकम ‘हर्ष न विस्मात’ जस्तै भएको छ । रातदिन छाती पिटेर जति रोए पनि नयाँ ढंगले जिन्दगीको सुरुवात गर्नुको विकल्प थिएन । त्यसैले त उनले ठूली आमा र काकीसँग मिलेर संयुक्त रूपमा जस्ताको टहरो बनाइन् । बर्खामास त्यही टहरोमा बिताएकी ईश्वरी आजकाल मुटु कमाउने चिसोसँग लडिरहेकी छिन् ।
‘सिरक–डसना सबै घरले पुरिहाल्यो, दुःखजिलो चलेको छ,’ उनले भनिन्, ‘तनावले सधैँ दुख्ने टाउको जस्ताको चिसोले आजभोलि फुट्लाजस्तै हुन्छ ।’
ईश्वरी खुलेर बोल्नै नसक्ने अवस्थामा छिन् । एक शब्द बोलेपछि लामो समय चुपचाप आँसु पुछिरहन्छिन् । उनीसँगै रहेका ठूलीआमा कृष्णमाया रानामगर र काकी विष्णु कुमारी उनको अधुरो आवाजलाई थपथाप पारिदिन्छन् । ठूलीआमा कृष्णमाया थप्छिन्, ‘के गर्ने मर्ने मरेर गए, बाँच्नेले नखाई नहुनी, दुई–चारवटा बाख्रा, एउटा भैँसी पालेकी छे ।’ काकी विष्णु कुमारीले थपिन्, ‘गरिखानु परिहाल्यो, अस्ति दुईवटा सुँगुरका पाठा पनि थपेकी छे ।’
ईश्वरीमाथि पीडाको पहाड यति ठूलो छ कि, त्यो पीडाको कथा सुनाउँदा उनलाई भक्कानो छुटिहाल्छ । हुर्किसकेको यौवनलाई पीडैपीडाले थिचेको छ । नयाँ घर कसरी बनाउने र भाइबैनीको व्यवस्थापन कसरी गर्ने भन्नेबारे रातदिन सोच्दासोच्दै उनी विक्षिप्त भइसकेकी छिन् ।
लामो समय हिक्कहिक्क गरेपछि मन दह्रो पारेर फेरि एकपटक ईश्वरी बोलिन्, ‘अन्योलमा छु, वस्तु नकराइदिए पनि दुई गाँस खाएर आनन्दले सुत्थेँ कि जस्तो लाग्छ तर निन्द्रा लाग्दैन ।’
इन्दिरा रानाहरूको मुहारमा पीडापछिको नयाँ हाँसो ल्याउने दायित्व सरकारको हो । तर आजसम्म जम्माजम्मी १५ हजारको चारो फालेर सरकारी निकाय कानमा तेल हालेर बसेका छन् । अब ईश्वरीहरूलाई न्यानो घर आवश्यक छ, अनि उनका भाइहरूमध्ये एकलाई सरकारले भूकम्पपीडितको कोटामा नोकरी दिएमा उनको पीडाको ग्राफ घट्ने थियो । बल्लबल्ल नियुक्ति पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले भूकम्प पीडितको मुहारमा हाँसो ल्याउने उद्घोष गरे पनि ईश्वरीहरू रातदिन रोएर चिसो रात काट्न बाध्य छन् । साँगाचोककी ईश्वरी एक प्रतिनिधि पात्र मात्र हुन्, यस्ता हजारौँ परिवार यसरी रात दिन रोएर दिन कटाउँदै छन् । आखिर कहिले आउँछ, हजारौँ ईश्वरीहरूको मुहारमा खुसी ?

(यसअघि हामीले तराई मधेसको आन्दोलन र सीमा क्षेत्रमा भारतीय नाकाबन्दीको वस्तुगत अवस्था बुझ्न मध्य तराईका जिल्लाबाट स्पेसल रिपोर्टिङ गरेका थियौँ । मधेसपछि अहिले हामी भूकम्प प्रवाहित जिल्लाहरूको भ्रमणमा छौँ । यसै क्रममा भूकम्पबाट सबैभन्दा बढी मानवीय र भौतिक क्षति पुगेको सिन्धुपाल्चोकमा आइपुगेका छौँ ।
भूकम्पले क्षति गरेको आठ महिना भइसक्दा पनि सरकारले समयमा भूकम्पपीडितलाई आवश्यक राहत दिन सकेको छैन । घरबास र आफन्त गुमाएका भूकम्पपीडितले बर्खा त पाल–टहरामा जसोतसो काटे । अहिले ज्यानै लिने जाडोसँग जुधिरहेका छन् । कतिपयले टहरामै ज्यान गुमाइसकेका छन् । कैयौँ बालबालिका, महिला, वृद्धवृद्धा अस्वस्थ छन् ।
यिनै भूकम्पपीडितहरुको वस्तुगत अवस्था बुझ्ने र पीडितहरूको सन्देश सिंहदरबार पुर्याउने यो हाम्रो प्रयास हो । १६ पुसदेखि डिसकभरी न्युज नेटवर्क (डिएनएन) को स्पेसल कभरेज तपार्इंहरूले पढ्न र हेर्न पाउनुहुनेछ ।)

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}