Home » » भारतीय पत्रिका भन्छः विद्या भण्डारी विधवा भएका कारण जनकपुरमा विरोध

भारतीय पत्रिका भन्छः विद्या भण्डारी विधवा भएका कारण जनकपुरमा विरोध

काठमाडौं ।
राष्ट्रपति विद्या भण्डारी जनकपुरधाम स्थित रामजानकी मन्दिर गएको समयमा विरोध हुनुको कारण राष्ट्रपतिको ब्यक्तिगत वा संस्थागत विरोध नभएर अर्कै कारण रहेको खुलासा भारतीय पत्रिका ‘हिन्दुस्तान’ ले गरेको छ ।

हिन्दुस्तान पत्रिकाको शुक्रबार अंकमा नेपालको जनकपुरमा राष्ट्रपतिको विद्या भण्डारीको प्रवेशपछि गंगाजल छर्केर चोख्याइएको दावी समेत गरिएको छ ।

विद्या भण्डारी विधवा भएको र उक्त मन्दिमा विधवा महिलालाई पुजा गर्न नदिइने गरेको भन्दै उक्त पत्रिकामा लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला नेता सरोज यादवको भनाइ उद्धृत गरिएको छ ।

राष्ट्रपति विधवा भएपनि मन्दिरमा पसेर हिन्दुहरुको भावनामाथि खेलवाड गरेको समेत उक्त समाचारमा दावी गरिएको छ । राष्ट्रपति फर्किएपछि मन्दिरमा गंगाजल छर्केर पखालिएको भन्दै पत्रिकाले तस्विर समेत प्रकाशित गरेको छ ।

विवाह पञ्चपमीको अवसरमा गत बुधबार राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिर दर्शनका लागि जनकपुर पुगेकी थिइन । राष्ट्रपति जानकी मन्दिरमा गएको विरोधमा आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले उग्र प्रदर्शन गरेपछि झडप समेत भएको थियो । राष्ट्रपति भण्डारीले मन्दिरको परिक्रमा गरिरहँदा पेट्रोल बम प्रहार भएको थियो यद्यपी राष्ट्रपतिको कारगेडमाथि कुनै असर परेन ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}