
|
|
२ पुस, बीरगंज।
सदभावना पार्टीका अध्यक्ष तथा मोर्चाका नेता राजेन्द्र महतोले मधेसीको मतले जितेका नेता माधव नेपाल, पुष्पकमल दाहाल र सुशिल कोइरालाले मधेसीले पाइसकेको अधिकार पनि छिनेको आरोप लगाएका छन् ।
स्वतन्त्र मधेसी समुदायले बीरगंजमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता महतोले मधेसीकै मतले जितेर काठमाडौ पुगेका नेताहरुले भोट माग्दा मधेसी भाषा बोलेर र धोती लगाएर मागे अहिले सबै कुरा बिर्सेको आरोप लगाउँदै, आफ्नो मतदाताको अवस्था बुझ्न मधेसमा आउन चुनौती दिएका छन् ।
एक अर्को प्रसंगमा नेता महतोले माधव नेपाल, पुष्पकमल दाहाल र सुशिल कोइरालाले ब्राह्मणबादी संविधान बनाएको आरोप लगाउँदै बाँकी हिमाल, पहाड, तराई मधेसको लागि संविधान नबनाएको आरोप लगाएका छन् ।
नेता महतोले आफुहरुलाई मधेसको नामको लंगोटी दिएको बताउदै, धोतीलाई झापादेखि कञ्चनपुरसम्मको धोती दिन सरकारसंग आग्रह गर्दै, यदि नदिए छिनेर लिने चेतावनी दिएका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

