Home » » प्रधानमन्त्रीले १ घण्टामा गरे ५ ट्वीट, ट्वीटरमै गाली सहितका जवाफ

प्रधानमन्त्रीले १ घण्टामा गरे ५ ट्वीट, ट्वीटरमै गाली सहितका जवाफ


३ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जाल ट्वीटरमा एकाएक सक्रिय देखिएका छन् । राजधानीमा मधेशी मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरिरहेको बेला कैलाली पुगेका प्रधानमन्त्रीले सामाजिक सञ्जालबाटै आक्रोश पोखेका छन् ।
एक घण्टामा प्रधानमन्त्रीको ट्वीटरबाट ५ फरक ट्वीट गरिएको छ । उनले पछिल्लो ट्वीटमा आक्रोश ब्यक्त गर्दै सोधेका छन्, ‘एउटा नाकामा पचास जना मानिस बस्दैमा देशैभरिका नाका थुन्नुपर्ने ?’

अव वार्ता गर्न मधेशमै आउनु पर्छ – महन्थ ठाकुर

त्यस्तै त्यस अघि उनले अव नेपाली जनता कसैको भ्रममा नपर्ने भन्दै लेखेका छन्, ‘नेपाली जनता अब कसैको भ्रममा पर्दैनन । जनताले बलिदान गरेर संबिधान ल्याएका हुन । संबिधान जनताले आफ्ना लागि बनाएका हुन्, अरु कसैका लागि होइन ।’

त्यस्तै कैलालीमा एक थारु नेतृले बोलेको कुरालाई पनि प्रधानमन्त्रीले ट्वीटमा उल्लेख गर्दै भनेका छन्, ‘नाकबन्दी गरेर जनतालाई सास्ती दिने मोर्चाको मागमा थारु सहमत छैनौ– चुनदेबी चौधरीले भनिन् ।’

प्रधानमन्त्रीको ट्वीटर सक्रियता र उनको टिमले प्रधानमन्त्रीको ट्वीटरलाई हल्का बनाएको भन्दै ब्यापक आलोचना भएको छ ।

कतिपयले प्रधानमन्त्रीले किन अनावश्यक ट्वीट गर्दै बसेको भन्दै प्रश्न समेत गरेका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}