
|
|
काठमाडौ, पुस ३ । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाइ थप चर्काउने निर्णय गरेका छन् ।
संविधान जलाउनेदेखि, मधेस आन्दोलनविरुद्ध मधेसमा हुने मन्त्री तथा सांसद्का कार्यक्रम अबरुद्ध गर्नेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको माेर्चाले सरकारले अौचित्यहीन वार्ता गरिरहेको आरोप लगाएको छ ।
शुक्रबार राजधानीस्थित तमलोपाको पार्टी कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा मोर्चाले पुस ५ देखि १५ गतेसम्मका थप आन्दोलनका कार्यक्रम समेत सार्बजनिक गरेको हो।
साथै मोर्चाले अब सरकारसंग राजधानी काठमाडाैंमा वार्ता नहुने भन्दै ११ दिने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अबका वार्ता मधेसमा हुने मोर्चाले स्पष्ट पारेको छ।
सरकारले मधेसी माेर्चाको मागमा गम्भीरता नदेखाएको भन्दै मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुपरेको बताएको छ ।
जिल्ला सदरमुकामहरुमा मशाल जुलुस गर्नेदेखि लाठी जुलुस गर्ने कार्यक्रम पनि मोर्चाले तय गरेको छ । अधिकांश जनताले संविधान अस्विकार गरेको भन्दै मोर्चाले संविधानको पुर्नलेखन गर्नुपर्ने माग पनि दोहोर्याएको छ । सीमामा जारी अवरोधलाइ झन चर्काउने मोर्चाको विरोध कार्यक्रममा छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

