Home » » अब धेरै दिन कुर्दैनौं : प्रधानमन्त्री

अब धेरै दिन कुर्दैनौं : प्रधानमन्त्री

बनेपा- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण प्राधिकरणसम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेर टुंग्याउन खोजे पनि कांग्रेसले दर्ता गर्नै नदिएको बताएका छन्।
'मेरो नेतृत्वको सरकारले संसदमा संविधान संशोधन र पुनर्निर्माण प्राधिकरणको प्रस्ताव अघि बढाउन खोज्दा कांग्रेस र मधेसी मोर्चाले केटाकेटीले भान्छामा गरेको झगडा जस्तो यो चिज पाइन भने हुन्न भन्ने जसरी घुर्क्याएका छन्,' नेकपा एमाले काभ्रेको नवौं जिल्ला अधिवेशन शनिबार उद्घाटन गर्दै ओलीले भने।

कांग्रेसले दुवै प्रस्ताव प्रस्तुत नगरे संसद अवरुद्ध पार्ने र मधेसी मोर्चाले दुवै विधेयक प्रस्तुत गरे संसद चल्न दिन्न भन्दै अवरोध गरेर भान्छाको झगडा झिकेझैं गरेको उनको भनाइ थियो। 'आफूलाई लोकतान्त्रिक पार्टी भन्ने नेपाली कांग्रेसले वर्तमान सरकारलाई असहयोग गर्दै आएको छ,' उनले भने।
कांग्रेस र मोर्चालाई सहमतिमा ल्याउन सरकारले केही समय बाटो हेर्ने बताउँदै ओलीले त्यतिबेलासम्म पनि सहमति हुन नसके सरकार धेरै दिन कुरेर नबस्ने उनले बताए। 'समय र ज्वारभाटाले कसैलाई कुदर्ैैन,' प्रधानमन्त्रीले भने।
आज गरेको सहमति भोलि नमान्ने पार्टी एमाले नभएको भन्दै उनले विगतमा भएका सहमति सही रूपमा पालना गर्ने बताए। 'नेपाली कांग्रेस आफैँले सत्ता हस्तान्तरण गर्नुपर्छ भनेर पनि पछि आफ्नो वचनमा पक्का भएन,' ओलीले थपे।
अबको एक वर्षभित्र देशलाई लोडसेडिङमुक्त बनाएरै छाड्ने प्रतिबद्धता दोहोर्यारउँदै उनले भने, 'मैले त्यत्तिकै लोडसेडिङ अन्त्य गर्छु भनेको होइन, देशभित्रै हावाबाट बिजुली, सौर्य ऊर्जा, जियो थर्मल प्रविधिबाट विद्युत उत्पादन गरेर लोडसेडिङमुक्त गराउने भनेको हुँ।'
अबको केही समयमै काठमाडौँमा बिजुलीबाट चल्ने गाडी गुड्ने भएकाले धैर्य गर्न उनले जनतालाई आग्रह गरे। 'महाधिवेशनको चक्करमा रहेको कांग्रेस महाधिवेशनको गुफाबाट बाहिर निस्कँदा काठमाडौँमा बिजुली गाडी चलेको देखेर तीनछक पर्नेछ,' उनले भने।
सरकार गठन भएको एक–दुई महिनामै परिवर्तन देखिएन भनेर सरकारको आलोचना हुँदा आफूलाई काम गर्ने हौसला मिलेको उनले बताए। भने, 'चीन सरकारले अरनिको राजमार्गको स्तरोन्नतिका लागि १४ अर्ब दिन्छु भन्दा पनि अघिल्लो सरकार चुप लागेर बसेको थियो, अबको दुई वर्षभित्र अरनिको राजमार्ग, रसुवागढी सडक, किमाथांका सडक निर्माण पूरा हुनेछ,' उनले भने।
भारतको नाकाबन्दी धेरै दिन नरहने बताउँदै ओलीले नाकाबन्दी खुलाउनका लागि सरकार लागि परेको बताए। 'नाकाबन्दी खुलेसँगै देश विकासको ढोका पनि खुल्नेछ, सरकारले राष्ट्रिय हित र एकतालाई खलल पार्ने कुनै काम गर्ने छैन,' उनले प्रष्ट पारे।
ओलीले सरकार सबैसँग मिलेर अघि बढ्न तयार रहेको बताउँदै कुनै स्वार्थमा काम नगर्ने दाबी गरे। 'आफूहरुले कांग्रेसलाई सँगै अगाडि बढ्न भने पनि ऊ आफंै चाउरिएको छ,' ओलीले भने।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}