Home » » आन्दोलन अझै सशक्त हुन्छ, मुलुकले थेग्न सक्दैन : यादव (भिडियोसहित)

आन्दोलन अझै सशक्त हुन्छ, मुलुकले थेग्न सक्दैन : यादव (भिडियोसहित)

काठमाडौं, पुस २ । आफूहरुको असहमतिबीच संविधान संशोधनसम्बन्धी विधेयक व्यवस्थापिका–संसदमा पेश भएपछि मधेसी मोर्चा थप आक्रोशित बनेको छ ।

संसदमा विरोध भएको अवस्थामा संसद चल्न नसक्ने मान्यतलाई बहुमतका आधारमा पेलेको भन्दै मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने तयारी थालेको छ । यद्यपि, सार्थक वार्ताका लागि सधैं तयार रहेको मोर्चाको भनाइ छ ।
सामान्यतः संसदको बैठकमा सांसदहरु आफ्नो स्थानबाट उठेपछि त्यसलाई अवरुद्धको अवस्था मानिन्छ । तर, गत मंगलबार आन्दोलनरत मधेसी मोर्चाका सांसदहरु आफ्नो स्थानबाट उभिएर विरोध गरिरहँदा संसदको बैठक सुचारु भयो ।

त्यसपछि उनीहरु नाराबाजी गर्दै वेल घेर्न पुगे, त्यति हुँदा पनि संसदको बैठक रोकिएन बरु दुईओटा विधेयकहरु संसदमा पेश भए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}