Home » » भारतले लगाएको नाकाबन्दीले मुलुकको सार्वभौमसत्ता र अखण्डता संकटमा : चित्रबहादुर केसी

भारतले लगाएको नाकाबन्दीले मुलुकको सार्वभौमसत्ता र अखण्डता संकटमा : चित्रबहादुर केसी

उपप्रधान तथा सहकारी एवम गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले भारतले लगाएको नाकाबन्दीले मुलुकको सार्वभौमसत्ता र अखण्डता संकटमा परेको बताउँनुभएको छ । यसको राज्य र जनता दुबै मिलेर सामना गर्नुपर्ने उहाँको कथन छ । भुकम्प पीडित महासंघ, नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री केसीले मुलुक विनासकारी भुकम्प र नाकाबन्दीको दोहोर पीडामा रहेकोले यसको सामना सरकार र नेपाली जनताले मिलेर गर्नुपर्ने बताउनुभएको हो । उपप्रधानमन्त्री केसीले भुकम्पले ७ लाख मानिसलाई घरबार विहीन बनाएको उल्लेख गर्नुहुँदै नाकाबन्दीले अर्थतन्त्र डामाडोल हुँदा मुलुकमा गरिबीको संख्या बढ्न सक्ने बताउँनुभयो । यस्तो अवस्थालाई न्यूनिकरण गर्न सरकारले प्रभावकारी योजना बनाउँनुपर्नेमा उहाँको जोड थियो । 


उपप्रधानमन्त्री केसीले भुकम्प पीडितहरुकोलागि राज्य जुन ढंगले लाग्नु पर्ने हो त्यो ढंगले लाग्न नसकेको स्वीकार गर्दै पछिल्लो समयमा सरकारले १५ सय मिटर माथि उचाईको क्षेत्रमा सामूहिक बस्ती बनाउने निर्णय गरी अब दु्रतताका साथ अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । अन्र्तक्रियामा महासंघका अध्यक्ष सोमप्रसाद पाण्डेले भुकम्प पीडितको सहयोग अपारदर्शी भएकोले त्यसलाई एकरुप दिई पारदर्शी बनाउनुपर्ने आवश्यकता औल्याउँनुभयो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}