Home » » भारतीय नाकाबन्दीका विरुद्धमा युरोपमा पनि उत्रिए नेपाली, यूरोपियन संसद अगाडी विशाल प्रर्दशन

भारतीय नाकाबन्दीका विरुद्धमा युरोपमा पनि उत्रिए नेपाली, यूरोपियन संसद अगाडी विशाल प्रर्दशन

१५ मंसिर काठमाडौ । 
भारतीय नाकाबन्दीका विरुद्धमा नेपालमा मात्र नभएर विश्वभर छरिएका नेपालीहरुले प्रर्दशन र विरोध गरिरहेका बेला गैर आवासीय नेपालीहरुले लक्जेम्बर्ग स्थित यूरोपियन संसद भवन अगाडि प्रदर्शन गरेका छन् । नेपालीहरुले युरोपियन बैठक चलिरहेका बेला पर्दशन गर्नुका साथै त्यहांका संसदका अध्यक्ष मार्टिन सुल्जलाई ज्ञापनपत्र समेत बुझाएका छन् । 

तस्विर : नानीराम गिरी गैरआबासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेको नेतृत्वमा भएको बिरोध कार्यक्रममा उपाध्यक्ष कुमार पन्त, महासचिव डा बद्री केसी, एनआरएन महिला संयोजक सपिला राजभण्डारी, यूरोप संयोजक प्रेम गुरुङ, आईसीसी सदस्य हरिबहादुर खत्री, एनआरएन लग्जेम्बर्गका अध्यक्ष रमेश तोयना, उपाध्यक्ष बालकृष्ण सापकोटा, महासचिव विमलबाबु उपाध्याय, नारायण गुरुङ लगायत बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। मार्टिनले युरोपियन बोर्डमा, नाकाबन्धी बारे जानकारी गराउने प्रतिद्दता ब्यक्त गरेको गैरआवाशिय नेपाली नानीराम गिरीले बताए । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}