Home » » उपेन्द्र र राजेन्द्रको झगडा, फुट्ने भो मधेसी मोर्चा

उपेन्द्र र राजेन्द्रको झगडा, फुट्ने भो मधेसी मोर्चा

१६, मंसिर काठमाडौं ।  चीन निकट रहेका उपेन्द्र यादव र भारतीय योजनामा काम गरिरहेका राजेन्द्र महतोबीचको मनमुटाव उत्सकर्षमा पुगेसँगै मधेसी मोर्चा फ्ट्ने निश्चितजस्तै भएको  छ । पहिलेदेखिका विपरीत धारका यी दुई नेता बीचको झगडाका कारण मधेस आन्दोलन अन्यौलमा छ । सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनका आडमा नेपाल र चीनविरोधी गतिविधि गरेकाले मधेस आन्दोलन वदनाम भएको उपेन्द्र यादवले बताउँदै आएका छन् । राजेन्द्र महतोले चीनको झण्डा जलाएदेखिनै यी दुइ नेताका बिचमा तिव्र मनमुटाव सुरु भएको हो । चीनको झण्डामा मधेसमा जलाएपछि उपेन्द्र यादवले त्यसको खुलेरै विरोध गरेका थिए । राजेन्द्र महोतोले भने आफ्ने प्रमुख शत्रु चीन भएको बताउँदै आएका छन् ।  

उपेन्द्र यादवकै कारण मधेस आन्दोलनलाई आफ्नो पक्षमा पार्न नसकिने भारतीय विश्लेषणका कारण पनि मधेस आन्दोलनबाट उपेन्द्रलाई लखेट्ने निर्देशन भारतले दिएको स्रोत बताउँछ ।  उपेन्द्रले पहाडी तथा जनजातिको समेत पार्टी बनाउने गरी संघीय समाजवादी फोरम नेपाल बनाएपछि नै पहाड विरोधी महतो रुष्ट हुँदै आएका थिए । मधेस आन्दोलनका क्रममा महतोका कार्यकर्ताले चीनको झण्डा जलाएपछि दुई नेताबीचको मनमुटाव झनै बढेको थियो । चीनले विश्वासपात्र ठानेको उपेन्द्र यादव मधेस आन्दोलनमा हुँदा झण्डा जलेपछि चीनले समेत यादवसँग स्पष्टीकरण सोधेको स्रोत बताउँछ । यतिवेला दुवै नेताको झगडा उत्कर्षमा पुगेका कारण आन्दोलनमा समेत असर परिरहेको मधेसका स्थानीय नेताहरुले बताउने गरेका छन् । दुई नेताबीच एकअर्काको अस्तित्व स्विकार्न नसक्ने दम्भ देखिएको समेत कार्यकर्ताहरुले बताउँदै आउका छन् । 

उपेन्द्र र राजेन्द्रको स्वभावका कारण पनि उनीहरु एकअर्कोलाई मन पराउँदैनन् । पहाडी समुदाय र खासगरी नेपालविरोधी उत्तेजक उत्तेजक भाषण दिएर लोकप्रियता कमाउन खोज्ने राजेन्द्रको बानी उपेन्द्रलाई मन नपरेको र नरम भाषा प्रयोग गर्ने तथा पहाडी तथा जनजातिसित सहकार्य गर्ने यादवको शैली महतोलाई मन नपरेकोले मधेसी मोर्चा नै टुक्रिने अवस्थामा पुगेको स्रोत बताउँछ । पहिले उपेन्द्रको दलविना बनेको मधेसी मोर्चामा पछि मात्रै उपेन्द्रलाई समावेश गराइएको थियो । राजेन्द्र महतोले मधेस आन्दोलनका नाममा भारतको एजेण्डा लाद्न खोजेका छन् तर त्यसमा उपेन्द्र यादवको असहमति हुँदै आएको थियो । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}