Home » » एनसेललाई जरिवाना सहित सेवा बन्द गरिने, यस्तो छ एनसेलको जनता लुट्ने काइदा

एनसेललाई जरिवाना सहित सेवा बन्द गरिने, यस्तो छ एनसेलको जनता लुट्ने काइदा

१६, मंसिर काठमाडौँ ।  
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना सेवा सञ्चालन गरेको भन्दै एनसेल प्रालिलाई कारबाही गरेको छ । मोबाइल सेवा प्रदायक एनसेलले बिना अनुमति ‘अप्टिकल फाईबर’को शीप कनेक्टीभीटी प्रयोग गरी मोबाइल फोन सेवा सञ्चालन गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले एनसेललाई ५ लाख रुपैयाँ जरिवाना गराउने र उसले सञ्चालन गरेको उक्त अनाधिकृत सेवा बन्द गराउने निर्णय गरेको हो ।  एनसेलले मोबाइल र इमेल तथा इन्टनरेट सेवा सञ्चालनको लागि अनुमति लिएको हो । तर, उसले ‘अप्टिकल फाईबर’को शीप कनेक्टीभीटी प्रयोग गर्दै फोन सेवा सञ्चालन गर्दै आएको भेटिएको छ । एनसेलले विगत डेढ वर्षदेखि अनाधिकृतरुपमा उक्त सेवा सञ्चालन गर्दै आएको ।  एनसेलले ‘तार रहित’माध्यममा सेवा उपलब्ध गराउनुपर्नेमा ‘तार सहित’को सेवा सञ्चालन गरेको हो । एनसेलले यस्तो सेवा ३४ वटा कम्पनीलाई दिएको  छ । एनसेलले विभिन्न योजनाका नाममा ग्राहकलाई ठग्दै आएको छ ।  घरका छाना देखि विभिन्न सार्वजनिक सम्पत्तीमा   प्याजी रङ पोतेको एनसेलले स्थापना कालदेखि नै राज्य र जनतालाई ठग्दै आएको छ । एनसेलले मुख्य ठगी गर्ने भनेकै विभिन्न योजनाहरु हुन् । त्यसमा पनि एनसेल सापटी, डाटा सभिर्स, कर्पोरेट प्याकेज, सिमकार्ड, साप्ताहिक एसएमएस प्याक, माईफाइभ लगाएतका सेवामा एनसेलले लुटिरहेको छ । यी सबै सेवा सुचारु बापत अनावश्यक व्यालेन्स  काटेर एनसेनले जनताहरु लुटिरहेको छ ।  एनसेलले झट्ट हेर्दा ग्राहकलाई सेवा दिएजस्तो देखिएपनि भित्रभित्रै अनेक अंकुश लगाएर ठग्ने गरेको छ । ग्राहकका लागि थरिथरिका आकर्षक योजना एनसेलले ल्याउँछ । जसमध्ये कतिपय योजनाहरु सक्रिय गर्नका लागि ब्यालेन्स काटिन्छ । यतिमात्रै होइन कतिपय सुविधाको लागि दिनभित्रै सक्रिय गर्नुपर्ने हुन्छ । तर, एनसेलले अटोमेटिक उक्त सुविधाहरु सक्रिय गराइदिँदा नचाहँदा नचाहँदै पनि ग्राहकले रकम खर्च भइरहेको हुन्छ ।  

सिमकार्डमा ठगी 
एनसेलको सिमकार्ड बजारमा छ्यापछ्प्ती छन् । पान पसलदेखि किराना पसल जहाँ पनि एनसेलका सिम कार्ड पाइन्छन् । तर त्यहाँ किन्दा एनसेलले तोके अनुसारको मूल्य सिमकार्ड नपाइने उपभोक्ता बताउँछन् ।  एनसेलले नेपालमा भएको गरिबी र अहिलेको शिक्षामा जोड दिने भन्दै विद्यार्थीहरुलाई लक्षित गरेर ९९ रुपैयाँमा सिमकार्ड पाइने व्यस्था मिलाएको छ । तर त्यो व्यवस्था एनसेलका प्रतिनिधिका लागि ठगि खाने धन्दा बनेको छ ।  एनसेलकै संरक्षणमा उनका ग्राहकलाई विक्रेताहरुले सिमकार्ड देखि इमेल इन्टरनेट सेवा भन्दै ठग्ने गरेका छन् । ९९ रुपैयाँमा पाइने सिमकार्ड, एनसेलको निर्देशन भन्दै १ सय २० देखि १ सय ३० रुपैयाँ सम्म बेच्ने गरेको पाइएको छ । यस्तै एनसेलले फोन शुल्कमा पनि व्यापक ठग्ने गरेको उपभोक्ताको गुनासो छ । विभिन्न फोन योजनामा एनसेलले उपभोक्ता ठग्दै आएको छ । ५ साथीहरुसँग सस्तोमा गर्ने सेवा देखि राति गर्ने फोन सुचारु गर्न समेत एनसेलले एक्टिभेसन चार्ज भन्दै रकम काट्ने गरेको छ ।  

डाटामा ठगी 
नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोगमा वृद्धि हुँदै गएको छ । मोवाइलको प्रयोग बढेसँगै गाउँ गाउँमा समेत इन्टरनेट प्रयोग भएका छन् । नेपालीहरुको इन्टरनेट मोह बढेसँगै एनसेललाई इन्टरनेटमा ठग्न सहज भएको छ । एनसेलले डाटा प्याकेजका नाममा उपभोक्तालाई व्यापक ठग्ने गरेको छ । एनसेलले थ्रि जीमा ६ रुपैयाँ प्रति एमबिपिएस मूल्य लिदै उपभोक्ता व्यापक ठगेको छ । अन्य विभिन्न इन्टरनेट योजनाका नाममा पनि एनसेलले उपभोक्तलाई ठगी रहेको छ ।  

कलाकार पनि ठगिदै 
निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले मोवाइल सेवाको आडमा राज्यलाई मात्र नभई कलाकारलाई समेत ठगी गरेको छ । एनसेलले म्यूजिक व्यवसायीको लगानी र कलाकारको सिर्जनाको व्यापक दुरुपयोग गरेको छ । मोवाइलमा फोन गर्दा बज्ने पिआरविटीकै पारदशिर्तामाथि प्रश्न उठिरहेका बेला एनसेलले पछिल्लो समयमा ‘आफ्नो धुन आफै बनाउ’ भन्ने सेवाबाट कलाकारमाथि शोषण गरेको हो । ९२०८ मा डायल गरि उपभोक्ताले आफूलाई मन परेका गीत आफै गाउन सक्छन् । यो सुविधा उपयोग गरे वापत १२ रुपैया ४३ पैसा एनसेलले काट्छ । यसको समयावधि ९० दिनको रहेको छ । बजारमा आइसकेका र चर्चामा रहेका गीत उपभोक्ताले गाएर आफ्नो मोवाइलमा रिङ टोन बनाउँछन् । त्यसमध्येको सवै रकम एनसेलले लिने गरेको छ । तर प्रतिलिपी अधिकार अनुसार यो गैरकानूनी काम हो । कुनै पनि श्रष्टाको बौद्धिक सम्पत्ति अनुमति बिना व्यवसायीक प्रयोग गर्न नपाइने प्रावधान छ । तर एनसेलले यसको चरम दुरुपयोग गर्दै यो सेवा बिस्तार गरेको हो । ‘आफनो धुन आफै बनाउ’ सेवा आएपछि एनसेलमा हुँदै आएको पिआरविटीको व्यापारमा पचास प्रतिशतले गिरावट आएको छ । एनसेलको यस्तो गलत क्रियाकलापले कलाकारहरु मर्कामा परेका छन भने दर्जनौ पटक एनसेललाई पत्राचार गर्दा समेत कुनै सुनुवाई नभएको कलाकारहरुको गुनासो छ । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}