
|
|
१६ मङ्सिर,चितवन । भूकम्पका कारण जिल्लामा क्षति पुगेका विद्यालय भवन, शौचालय, कम्पाउण्ड, खानेपानी लगायतका संरचना निर्माण र मर्मत सम्भारका लागि रु २४ करोड ५२ लाख स्विकृत भएको छ । गत वर्ष जिल्ला शिक्षा कार्यालयले रु तीन करोडदेखि रु पॉच करोडसम्म मात्र वजेट निकासा भएको थियो । यसवर्ष भूकम्पले विद्यालय भवनहरुमा क्षति पु¥याएपछि माग अनुसारको रकम निकासा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यका अनुसार भूकम्पबाट सामान्य क्षति पुगेका १०३ वटा विद्यालयका लागि रु एक करोड तीन लाख, अत्याधिक क्षति पुगेका ४० विद्यालयका लागि रु एक करोड, ९१ विद्यालयमा दुई कोठे भवन फर्निचरसहित निर्माणका लागि रु १२ करोड २८ लाख ५० हजार र १७ विद्यालय निर्माणका लागि रु तीन करोड ३१ लाख ५० हजार स्विकृत भएर आएको छ ।
यसैगरी चार कोठे १७ वटा बहुवर्षीय भवन र फनिर्चरका लागि रु दुई करोड ३८ लाख, चार वटा छ कोठे बहुवर्षीय विद्यालय भवन निमार्णका लागि रु ७२ लाख, आठ कोठे चार वटा बहुवर्षीय विद्यालय भवन निर्माण र फर्निचरका लागि रु ९६ लाख, २९ वटा शौचालयका लागि रु एक करोड १६ लाख, चारवटा विद्यालयमा खानेपानी व्यवस्थापनका लागि रु २० लाख, नौ वटा विद्यालयमा कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापनका लागि रु नौ लाख, शौचालय मर्मत तथा खानेपानी व्यवस्थापनका लागि १३ विद्यालयमा रु छ लाख ५० हजार, छ वटा क्रमागत विद्यालय भवन निमार्णका लागि रु ८४ लाख र १२ वटा छात्रा शौचालयका लागि रु ४८ लाख बजेट विनियोजन भएको शिक्षा अधिकारी आचार्यले बताउनुभयो । विद्यालयबाट क्षतिको विवरण र आवश्यकताका विषयमा प्रस्ताव आह्वान गरिएको र सम्बन्धित क्षेत्रका प्रधानाध्यापकसहितको बैठकले प्राथमिकताको आधारमा छनोट गरेर एक साताभित्रमा विद्यालयमा योजना पठाइने उहॉले बताउनुभयो । जिल्ला शिक्षा कार्यालयका सब इन्जिनियर इन्द्रआनन्द चौधरीका अनुसार २२७ वटा विद्यालयमा क्षति पुगेको थियो । जसमध्ये ४२ वटा विद्यालयका ७० वटा कोठा पूर्णरुपमा क्षति भएका थिए । योजना स्विकृत भइसकेकाले यथासक्य छिटो निर्माण प्रक्रिया अगाडि बढाउने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

