Home » » अमेरिकी देहव्यापारका केही रोचक तथ्य

अमेरिकी देहव्यापारका केही रोचक तथ्य

देहव्यापार अर्थात् वेश्यावृत्ति अमेरिकामा पनि निकै फस्टाएको व्यवसाय हो । हतियारको व्यवसाय अमेरिकाको सबैभन्दा ठूलो व्यवसाय हो भन्ने सोँच्नुभयो भने तपाइँ गलत हुनुहुनेछ ।

दी अर्बन इन्स्िटच्युटका अनुसार अमेरिकामा सेक्स व्यवसाय पनि निकै ठूलो छ । मियामीदेखि लिएर वासिंटनसम्म तथा एटलान्टा देखि लिएर डेन्वरसम्म, हरेक ठाउँमा यो व्यवसाय अपनाउने महिलाहरुले मनग्गे कमाइरहेका छन् । दी रिचेष्ट डट कमका अनुसार अमेरिकी वेश्यावृत्ति व्यवसायका विषयमा केही अनौठा तथ्य यस्ता छन्ः

· अमेरिकाको यौन कारोबारको ठूलो हिस्सा अनलाइनबाटै हुने गरेको छ र सडकमा यौनकर्मी महिलाको उपस्थिति कमै देखिन्छ ।

· देहव्यापारमा संलग्न महिलामध्ये एक तिहाइ महिलाले यो आफ्नो पुख्र्यौली पेशा भएको बताउने गरेका छन् । आफ्नो परिवारको कुनै न कुनै सदस्य यो पेशामा रहेकाले आफुले पनि यौनपेशा रोजेको ३० प्रतिशतको भनाइ छ ।

· अमेरिकी यौन बजारका ग्राहक मध्ये ४० प्रतिशत गोराजातिका पुरुष रहेका छन् । अरु बाँकी दुनियाका हरेक प्रकारका मानिस हुने गरेका छन् ।

· यौनकर्मी महिलाका ग्राहकमध्ये अधिकांस आफ्नो तात्कालिन यौन चाहना पूरा गर्नका लागि आएका हुन्छन् भने वेश्यालय धाउने दोश्रो कारण भनेको विभिन्न जात तथा वर्णका महिला चाख्ने उद्धेश्य ।

· अमेरिकामा यौनकर्मी महिलाको मृत्युदर डरलाग्दो छ । अलास्कामा यौनकर्मीको मृत्युदर हरेक १ लाखमा २०४ रहेको छ ।

· यौनकर्मीका विज्ञापनबाट सबैभन्दा धेरै कमाउने वेबसाइट ब्याकपेज डट कम हो । फोब्र्सका अनुसार सन् २०१२ मा यो साइटले यौन विज्ञापनबाट मात्रै २ करोड २० लाख डलर कमाएको थियो ।

· अमेरिकी यौनकर्मी महिलाहरु कोहीपनि निरक्षर छैनन् । उनीहरुमध्ये सबैले कम्तिमा हाइस्कुल शिक्षा प्राप्त गरेका छन् र कतिपयले भने उच्च शिक्षा पनि हासिल गरेका छन् ।

· ग्राहकहरुले केवल नगद मात्र भुक्तानी गर्दैनन्, १० प्रतिशतले डेबिट तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्छन् । ग्राहकहरुमा न्यायाधीश, वकिल, शिक्षक, प्रहरी तथा अन्य कर्मचारी लगायतका समेत हुने गरेका छन् ।

· लाइसेन्सप्राप्त वेश्यालयहरुमा पनि ग्राहकका लागि तोकिएको फिक्स्ड प्राइस हुँदैन । लस भेगासबाट जति नजिक भयो उति नै महंगो हुन्छ ।सामान्य मुल्यसूचि अनुसार, ४० मिनेटको २ सय डलर, एक घण्टाको ३ सय, २ घण्टाको ५ सय तथा रातभरको २ हजार डलर ।

· ग्राहक चाहे जस्तो होस् वेश्यालयकी पेशेवर यौनकर्मीले नाइ भन्न पाउँदिन र ऊ सँग सम्भोग गर्नैपर्छ, नत्र जागिर खतरामा पर्छ । यद्यपि वेश्यालयहरुमा यो नियम नौलो चाहीँ होइन ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}