
|
|
नयाँ दिल्ली, मंसिर १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कै कारण भारत असुरक्षित हुने देखिएको छ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले मोदीकै कारण भारतविरुद्ध युद्धको घोषणा गरेको छ ।
आफ्नो नयाँ घोषणापत्रमा आइएसले इराक र सिरियाबाहिर प्रभाव जमाउने योजना अन्तर्गत भारतलाई निशाना बनाइने उल्लेख गरेको हो ।
भारतमा धार्मिक द्वन्द्वलाई मोदीले बढावा दिएको उल्लेख गर्दै आइएसले भारतविरुद्ध युद्धको उदघोष गरेको हो । भारतमा मोदी सरकारले इस्लामविरोध भावना फैलाएको तथा मुस्लिम समुयाद असुरक्षित हुँदै गउको भन्दै आइएसले मोदी सरकारकै कारण भारतमा युद्ध थालनी गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।
अंग्रेजी भाषामा प्रकाशित भारतीय अखबार ‘इन्डियन एक्सप्रेस’ का अनुसार आइएसले घोषणापत्रमा भनेको छ, ‘नरेन्द्र मोदी एक दक्षिणपन्थी हिन्दु राष्ट्रवादी हुन् जो हतियारको पुजा गर्दछन् । उनी भविष्यमा मुस्लिमविरुद्ध युद्धका लागि समर्थकहरुलाई तयार पारिरहेका छन् र उनीसँग मुस्लिमविरुद्ध युद्धका लागि सशस्त्र सेना पनि छ ।’ (एजेन्सी)

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

