
|
|
मंसिर - मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलन सफल नभए नेपालमा ठूलो दुर्घटना निम्त्याउने बताएका छन्।
उनले अहिलेको शान्तिपूर्ण मधेस आन्दोलन सफल नभए निकट दिनमै तीन नयाँ विकल्पसहित मधेसको आन्दोलन अघि बढ्ने उनले बताए। ती तीन विकल्पमध्ये पहिलो विकल्प हिंसात्मक आन्दोलनमा जाने उनले उद्घोष गरे। महतोले अहिलेको शान्तिपूर्ण मधेस आन्दोलन हिंसात्मक आन्दोलनमा रुपान्तरण हुने खतराको पूर्व संकेत दिएका छन्।
दोस्रो खतरा भन्दै उनले नेपाल भित्रै अलग देशको माग उठाउने स्पष्ट पारेका छन्। उनको उद्घोष छ, अहिले हामी एउटा देशको सार्वभौमिकता भित्र रहेर, नेपाल भित्र रहेर देश भित्रै एक प्रदेशको माग गरिरहेका छौं, उनले प्रष्टसँग भनेका छन् अहिले हामी मधेस प्रदेशको माग गरिरहेका छौं, यदि मधेस प्रदेश जनताले पाएन भने त्यो अवस्थामा नेपाल भित्रै बेग्लै देशको माग हुनेछ। उनको तर्क छ हाम्रो त माग प्रदेशको मात्रै हो, तर हामी असफल भयौं भने बेग्लै देशको माग गर्नेहरु अघि आउनेछन्।
उनले चेतावनीको शैलीमा भनेका छन् अब नेपालमा तीनवटा दुर्घटनाको संंभावना छ। उनले तेस्रो खतराको रुपमा सांप्रदायिक दंगा भड्काउने बताए। जुन उनकै शब्दमा देशको लागि निकै घातक हुनेछ। उनी भन्छन् मधेस आन्दोलन यदि कुनै कारणले असफल हुन्छ भने, शान्तिपूर्ण आन्दोलनबाट अधिकार पाइदैन भने, स्वायत्त प्रदेशको अधिकार मिल्दैन भने सांप्रदायिक दंगा भड्किन्छ। महतोको भनाई छ यहि शान्तिपूर्ण आन्दोलनबाट माग पुरा होस् हामी त्यतातिर जान नपरोस्।
महतोले जनताको शान्तिपूर्ण आन्दोलनप्रतिको विश्वाँस टुट्न लागेको भन्दै मधेस आन्दोलनको अन्तिप स्वरुपका रुपमा यि तीनवटा विकल्प बाँकी रहका खुलासा गरेका हुन्। भारतको नयाँ दिल्ली स्थित जवाहरलाल नेहरु (जेएनयू) मा तराई मधेस स्टडी ग्रुपले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा नेता महतोले यस्तो खुलासा गरेका हुन्। अन्तरक्रियाको अध्यक्षता नेपाल मामिलाका जानकार मानिने प्रोफेसर एसडी मुनीले गरेका थिए।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

